आज हामी यस्ता ४ राशिका बारेमा बताउन गइरहेका छौँ जुन राशिका मानिस पढाई-लेखाईमा निकै चलाख मानिन्छन्। एई मानिसको दिमाग निकै चतुर हुन्छ। उनीहरु आफ्नो तेज दिमाग कै कारण पनि जता ततै परिचित हुन्छन्। मेहनत र बुद्धिको बलमा कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न सक्छन्। प्रतिस्पर्धात्मक परीक्षामा पनि उनीहरुको प्रदर्शन उत्कृष्ट हुन्छ। उनीहरुको शिक्षा क्षेत्रमा सफल हुने सम्भावना बढी हुन्छ। थाहा पाउनुहोस् कुन-कुन राशिका मानिस यस्ता हुन्छन् त….
मिथुन राशि

बुध यस राशिको शासक ग्रह हो। ज्योतिषशास्त्रमा बुधलाई बुद्धि र ज्ञानको कारक ग्रह मानिन्छ। बुध ग्रहको प्रभावले मिथुन राशिका व्यक्तिहरू धेरै बुद्धिमान र प्रतिभाशाली हुन्छन्। पढ्न र लेख्नमा उनीहरु अग्रपंक्तिमा हुने गर्छन्। तीखो बुद्धिका कारण यी मनिस सर्वत्र प्रशंसाको पात्र बन्न सफल हुन्छन्। उनीहरुको सेन्स अफ ह्युमर निकै राम्रो हुन्छ। शिक्षासँग सम्बन्धित काममा सफलता मिल्ने सम्भावना अधिक हुन्छ।
कन्या राशि

यस राशिको शासक ग्रह पनि बुध हो। बुध ग्रहको प्रभावका कारण यस राशिका मानिसहरु धेरै बुद्धिमान र समझदार पनि हुन्छन्। उनीहरुलाई हरेक विषयको जानकारी राख्न मनपर्छ। यस राशिका मानिस जब एक पटक कुनै कार्य गर्छु भन्ने सोच्छन् तब त्यो काम जसरी पनि गरेर नै आनन्दको सास फेर्छन्। उनीहरुमा हरेक कुरामा जित्ने ठूलो जोश छ। शिक्षा क्षेत्रमा यी मानिस निकै अब्बल हुन्छन्।
वृश्चिक राशि

यस राशिको शासक ग्रह मंगल हो। वृश्चिक राशिका व्यक्तिहरू मंगल ग्रहको प्रभावमा बुद्धिमान र प्रतिभाशाली हुन्छन्। उनीहरुलाई हरेक विषयमा राम्रो ज्ञान हुन्छ। उनीहरु शिक्षाको क्षेत्रमा निकै अगाडि हुन्छन्। उनीहरुमा सही समयमा सही निर्णय लिने क्षमता हुन्छ।
कुम्भ राशि

यस राशिका मानिसमा शनिको विशेष प्रभाव हुन्छ। यी मानिसहरू मेहनती र बुद्धिमान हुन्छन्। उनीहरुलाई देखावटी गर्न पटक्कै मन पर्दैन। उनीहरु आफ्नो काममा मात्र चासो राख्ने किसिमका हुन्छन्। कुम्भ राशिका मानिस अनुशासन प्रिय हुन्छन्। यिनीहरु हरेक काम धेरै होसियारीका साथ गर्छन्, जसका कारण सफलताको सम्भावना बढी हुन्छ।

