२०१५ देखि, बेस्ट फिफा र फ्रान्स फुटबल बालोन डी’ओरले कुनै विशेष वर्षका उत्कृष्ट फुटबलर र प्रशिक्षकहरूलाई छुट्टा-छुट्टै रूपमा सम्मान गर्दै आएका छन्। हामीले पहिले नै नोभेम्बरमा बालोन डी’ओर समारोह देखिसकेका थियौं, जसले विभिन्न विवादहरूको उत्पन्न गर्यो। अब, ध्यान ‘उचित’ नतिजाको प्रत्याशामा सर्वश्रेष्ठ फिफा फुटबल अवार्डमा केन्द्रित छ।
भर्चुअल समारोह माझ आज राति ११:४५ बजे नतिजा सार्वजनिक हुने कार्यक्रम रहेको छ। यस्तोमा हामी समारोहको लागि हाम्रो अन्तिम-मिनेट भविष्यवाणीहरू दिनेछौं। सोमबार राति सर्वश्रेष्ठ फिफा फुटबल अवार्डमा विजेताहरूको लागि हाम्रो भविष्यवाणीहरू यस प्रकार छन्:-
द बेस्ट फिफा गोलकिपर अवार्ड (महिला): न-क्याट्रिन बर्गर (चेल्सी)

फाइनलिस्ट: एन-क्याट्रिन बर्गर (चेल्सी एफसी महिला), क्रिस्टियन एन्डलर (पीएसजी / ओलम्पिक लियोन), र स्टेफनी लिन मारी लाबे (एफसी रोजेनगार्ड / पीएसजी)
द बेस्ट फिफा वोमन्स कोच: लुइस कोर्टेस (बार्सिलोना)

फाइनलिस्ट: लुइस कोर्टेस (एफसी बार्सिलोना), एम्मा हेस (चेल्सी एफसी महिला) र सरिना विगम्यान (डच राष्ट्रिय टोली र इङ्गल्याण्ड राष्ट्रिय टोली)
द बेस्ट फिफा मेन्स कोच: थोमस टुचेल (चेल्सी)

फाइनलिस्ट: थोमस टुचेल (चेल्सी), पेप ग्वार्डिओला (म्यानचेस्टर सिटी) र रोबर्टो मानसिनी (इटाली)
द बेस्ट फिफा गोलकिपर अवार्ड (पुरुष): जियानलुइजी डोनारुमा (पीएसजी)

फाइनलिस्ट: जियानलुइजी डोनारुमा (पीएसजी), एडुआर्ड मेन्डी (चेल्सी) र मानुएल नुएर (बर्यन म्युनिख)
पुस्कास अवार्ड: प्याट्रिक शिक (चेक गणतन्त्र विरुद्ध स्कटल्याण्ड – यूरो २०२०)

फाइनलिस्ट: मेहदी तारेमी, एरिक लामेला र प्याट्रिक शिक
द बेस्ट फिफा वोमन्स प्लेयर: एलेक्सिया पुटेलास (बार्सिलोना)

फाइनलिस्ट: एलेक्सिया पुटेलास (बार्सिलोना), जेनिफर हर्मोसो (बार्सिलोना) र साम कर (चेल्सी)
द बेस्ट फिफा मेन्स प्लेयर: रोबर्ट लेवान्डोस्की (बार्यन म्युनिख)

फाइनलिस्ट: रोबर्ट लेवान्डोस्की (बार्यन म्युनिख), लियोनल मेस्सी (बार्सिलोना/पीएसजी) र मोहम्मद सलाह (लिभरपुल)

