एकै दिन भेटिए ६७ भन्दा बढी संक्रमित, उपत्यकामा मात्र झन्डै ४ हजार संक्रमण पुष्टि !

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप ६ हजार ७३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ८ लाख ५९ हजार ४८५ पुगेको छ भने एन्टिजेन विधिबाट एक लाख २ हजार ४५५ जनामा संक्रमण पुष्टि भएको छ।

थप १४ हजार ०१४ जनाको पिसिआर परीक्षण तथा ३ हजार ४५१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट ५ हजार ७४७ तथा एन्टिजेनबाट ९८७  जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ५० लाख १८ हजार २४८ जना पुगेको छ । हालसम्म ८ लाख १६ हजार ९८५ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ५४७ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९५ दशमलप १ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ३० हजार ८७७ रहेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण ३ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या ११ हजार ६२३  पुगेको छ।

उपत्यकामा ३९३९ संक्रमित

पछिल्लो २४ घण्टामा  काठमाडौं उपत्यकामा ३९३९ संक्रमित थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९४३, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ संक्रमित थपिएका छन्।

प्रकाशित : सोमबार, माघ ०३, २०७८१७:२७

अन्ततः प्रदेश नं २ को नाम र राजधानीको लाग्यो टुंगो, खुसियालीमा दीपप्रज्वलन !