काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य सामान्य रुपले मात्र बढेको छ। साताको पहिलो दिन घटेर दोस्रो दिन सामान्य रुपले बढेको सुनको मूल्य मंगलबार पनि बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९२ हजार ६ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि १ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९२ हजार १ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य
आज सुनको मूल्य बढेपनि चाँदीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन। नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ५५ रुपैंयाँमा कारोबार भैरहेको छ।

