नक्कली नोट बनाउने कागज भारतबाट ल्याउँदै थिए, एकाएक सशस्त्र प्रहरीको फेला परे !

काठमाडौँ – नक्कली नोट बनाउने कार्यमा संलग्न दुई व्यक्तिलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। नक्कली नोट बनाउने कार्यमा संलग्न रहेका दुई जनालाई नक्कली नोट बनाउन प्रयोग हुने कागज सहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका १ बस्ने २३ वर्षिय असरक महोमद धोबी र सोही जिल्लाको जनकपुर उपमहानगरपालिका ६ बस्ने २६ वर्षिय मोहमद मुजाहिद रेजा रहेका छन्।

सशस्त्र प्रहरीले उनीहरुलाई महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ३ स्थित सीमा ईलाकाबाट पक्राउ गरेको हो। उनीहरुबाट नक्कली नोट बनाउन प्रयोग हुने ३३ बण्डल कागज बरामद भएको छ।

बा २१ च ६७६१ नम्बरको कारमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा एक हजारको ६ सय वटा, पाँच सयको १८ सय वटा र एक सयको ९ सय वटा कागज फेला पारी पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

साथै उनीहरुको साथबाट एक हजारको २ वटा, पाँच सयको २ वटा र एक सयको २ वटा नेपाली नोट समेत बरामद गरिएको छ। पक्राउ परेका दुवैजनालाई बरामद रुपैयाँ, नक्कली नोट छाप्ने कागज तथा कारसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

प्रकाशित : मङ्गलबार, माघ ०४, २०७८१४:१७

मन्दिरको भेटी संकलन गरेर विद्यालय सञ्चालनमा ल्याइयो !