फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को लियोनल मेस्सीलाई लिएर यो डर थियो कि अर्जेन्टिनी राष्ट्रिय टोलीले अन्तराष्ट्रिय ब्रेकमा कप्तान मेस्सीलाई समावेश गर्छ कि भन्ने। तर फ्रेन्च क्लबको उक्त डर अब राहतमा परिणत भएको छ। अर्जेन्टिनी प्रशिक्षक लियोनेल स्कालोनीले चिली र कोलम्बिया विरुद्धको खेलका लागि पूर्व बार्सिलोना स्टार खेलाडीलाई टोलीमा समावेश गरेका छैनन्।

अर्जेन्टिनाले कतारमा हुने २०२२ को विश्वकपमा आफ्नो स्थान पहिले नै बुक गरिसकेको छ, त्यसैले यी खेलहरूमा मेस्सीलाई पुस गर्नु कुनै वास्तविक कारण छैन। त्यसैले, फ्रान्सेली क्लबले एएफएलाई मेस्सीलाई टोलीमा समावेश नगर्न सीधा अपील गरेको थियो। चोटले मेस्सीको सिजनलाई त्रसित बनाएको छ र नयाँ वर्षको अवधिमा कोभिड-१९ को संक्रमणले उनको जीवनलाई अझ चुनौतीपूर्ण बनाएको छ।

आउँदो फेब्रुअरी १५ मा च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा रियल म्याड्रिड विरुद्धको खेलका लागि पीएसजीलाई मेस्सी निकै महत्वपूर्ण खेलाडी हुनेछन्। पेरिस क्लबले यसअघि च्याम्पियन्स लिगको यस चरणमा आफ्ना स्टार खेलाडी गुमाएको पीडा महसुस गरेको छ। समूह चरण पछि अर्थपूर्ण योगदान दिन सक्षम हुनु अघि ब्राजिलियन सुपरस्टार नेयमारले पार्क डेस प्रिन्सेसमा आफ्नो तेस्रो वर्षसम्म पनि पर्खनु परेको छ। नेयमार हाल चोटका कारण मैदान बाहिर रहेका छन्।

मेस्सीले गत समरमा पीएसजीसँग अनुबन्ध भएदेखि क्लबका लागि २६ मध्ये १२ खेल गुमाएका छन्। जसको कारण उनले क्लबमेटसँग राम्रो सम्बन्ध स्थापना गर्न सकेका छैनन्। यो कुरा कुनै नौलो हैन कि फ्रेन्च क्लबलाई मेस्सीको निकै आवश्यक पर्नेछ, उनले प्राविधिक दृष्टिकोणबाट पिचमा ल्याउने कुराको लागि मात्र नभएर च्याम्पियन्स लिग जित्ने उनको अनुभवको लागि पनि।

