युरोपको सबै भन्दा उत्कृष्ट क्लब होइन पिएसजी, कुन क्लब हो त उत्कृष्ट क्लब ? [सूची]

एजेन्सी – जनवरी, क्यालेन्डर वर्षको पहिलो महिना फुटबल क्लबहरूका लागि सधैं विशेष हुन्छ। युरोपका हरेक ठूला क्लबहरू नयाँ वर्षको नयाँ महिनामा अब्बल प्रदर्शन गरेर अगाडी बढ्ने योजनामा हुन्छन्।

जनवरी सम्म आइपुग्दा युरोपका धेरैजस्ता शिर्ष लिगहरुका आधा जति खेलहरु सकिसकेका छन्। यस बीचमा केहि क्लबहरुले धेरै नै राम्रो प्रदर्शन गर्न सकेका छन्। त्यसमध्ये केहिले त आफूलाई लिग विजेताको रुपमा समेत उभ्याइसकेका छन्। त्यस्तै केहि क्लबहरु घरेलु लिगमा मात्र नभई च्याम्पियन्स लिगमा पनि दाबेदारी प्रस्तुत गरिरहेका छन्। यहाँ अहिले त्यस्तै केहि उत्कृष्ट क्लबहरुको चर्चा हुँदैछ। हालको अवस्थामा युरोपक उत्कृष्ट पाँच क्लब निम्न छन्।

लिभरपुल

गएको सिजन खासै राम्रो प्रदर्शन गर्न नसकेपनि लिभरपुल जारी सिजनमा धेरै नै राम्रो प्रदर्शन गरिरहेको छ। जारी सिजनमा लिभरपुलले प्रिमियर लिगमा मात्रै २ खेलमा हार बेहोरेको छ। डिसेम्बर महिनामा केहि फितलो प्रदर्शन गरेपनि नयाँ वर्ष लाग्दा सुधारको संकेत देखाएको छ। प्रिमियर लिगमा अब यदि कसैले म्यानचेस्टर सिटीलाई उपाधिका लागि टक्कर दिन सक्छ भने त्यो लिभरपुल नै हो।

सिटी भन्दा एक कम खेल्दा लिभरपुल ११ अंकले पछाडी छ। त्यस्तै च्याम्पियन्स लिगमा पनि लिभरपुलको बलियो उपस्थित रह्यो। च्याम्पियन्स लिग समूह चरणका खेलमा लिभरपुलले शतप्रतिशत जित निकालेको थियो। यस अर्थमा लिभरपुल च्याम्पियन्स लिगको समेत दाबेदार टोली हो।

पेरिस सेन्ट जर्मेन(पिएसजी)

गत सिजन फ्रेन्च लिग वान उपाधि जित्न नसकेको पिएसजी जारी सिजनमा भने लिग वान च्याम्पियन बन्ने स्पष्ट संकेत देखा परिसकेको छ। लिग वानमा पिएसजी मात्रै १ पटक पराजित भएको छ। दोस्रो स्थानमा रहेको क्लब भन्दा पिएसजी ११ अंकले अगाडी छ।

त्यस्तै पिएसजी च्याम्पियन्स लिगको पनि दाबेदार टोली हो। समूह चरणमा दोस्रो हुँदै नकआउटका लागि छनौट भएपनि लियोनेल मेस्सी, नेयमार र किलियन एम्बाप्पे भएको पिएसजीलाई कम्जोर आँक्न सकिँदैन। मेस्सी, नेयमार र एम्बाप्पेको ट्रियो बीच तालमेल बन्न सकेको खण्डमा पिएसजीको दवदवा थप बढ्नेछ।

रियल म्याड्रिड

जारी सिजनमा रियल म्याड्रिड धेरै समय देखि पहिला जस्तै आक्रामक फुटबल खेलिरहेको छ। करिम बेन्जेमा र भिनिसियस जुनियरको जोडी लगातार रियललाई अगाडी बढाइरहेका छन्। यी दुई उच्च लयमा देखिँदा रियल गत वर्षहरुमा भन्दा बढी घातक देखिएको छ।

घरेली लिग लालिगामा रियल म्याड्रिडले मात्रै दुई खेलमा हार बेहोरेको छ। त्यस्तै रियल केहि दिन अगाडी मात्रै स्पेनिस सुपरकोपा च्याम्पियन समेत बनेको थियो। च्याम्पियन्स लिगमा पनि रियलले बलियो दाबेदारी प्रस्तुत गर्ने अपेक्षा राख्न सकिन्छ। हालको अवस्थालाई हेर्ने हो भने रियल सबै उपाधिका लागि डटेर लड्नेछ।

बायर्न म्युनिख

बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिख अर्को एक महत्वपूर्ण अभियानमा छ। घरेलु लिग बुन्डेसलिगामा बायर्न दोस्रो स्थानमा रहेको क्लब भन्दा ६ अंकले अगाडी छ। जारी सिजनमा बायर्न मात्रै तीन पटक पराजित भएको छ। जुलियन नागेल्सम्यानको नेतृत्वमा बायर्नले धेरै सम्भावना देखाएको छ। बायर्नलाई कुनै पनि हालतमा कम्जोर मान्न सकिने अवस्था छैन। घरेलु लिगमा मात्र नभई च्याम्पियन्स लिगमा पनि बायर्नको रवाफिलो उपस्थिति छ।

बायर्न म्युनिख

बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिख अर्को एक महत्वपूर्ण अभियानमा छ। घरेलु लिग बुन्डेसलिगामा बायर्न दोस्रो स्थानमा रहेको क्लब भन्दा ६ अंकले अगाडी छ। जारी सिजनमा बायर्न मात्रै तीन पटक पराजित भएको छ। जुलियन नागेल्सम्यानको नेतृत्वमा बायर्नले धेरै सम्भावना देखाएको छ। बायर्नलाई कुनै पनि हालतमा कम्जोर मान्न सकिने अवस्था छैन।

घरेलु लिगमा मात्र नभई च्याम्पियन्स लिगमा पनि बायर्नको रवाफिलो उपस्थिति छ। बायर्नले समूहचरणका सम्पूर्ण खेलमा जित निकालेको थियो। बायर्नको सफलतामा रोबर्ट लेवान्डोस्कीको मुख्य भूमिका रहँदै आएको छ। हालको अवस्थामा विश्वमा लेवान्डोस्की जति उत्कृष्ट स्ट्राइकर सायदै अन्य क्लबसँग होला।

म्यानचेस्टर सिटी

सिजन अगाडी बढ्दै गर्दा म्यानचेस्टर सिटी स्पष्ट रुपमा प्रिमियर लिग च्याम्पियनको रुपमा अगाडी आएको छ। प्रिमियर लिगमा सिटीले अहिले सम्म मात्रै दुई खेलमा हारेको छ। २२ खेल मध्ये १८ खेलमा जित निकाल्दा सिटी दोस्रो स्थानमा अरहेको लिभरपुल भन्दा ११ अंकले अगाडी छ।

सिटीको हालको लयलाई हेर्ने हो भने सिटी रोकिने देखिँदैन सिटी प्रिमियर लिग मात्र नभई च्याम्पियन्स लिग समेत जित्ने योजना सहित अगाडी बढिरहेको छ। प्रिमियर लिगमा सिटी १२ खेल देखि अपराजित छ। अक्टोबरको अन्तिममा पराजित भएयता सिटी घरेलु लिगमा पराजित नै भएको छैन। यो लयले स्पष्ट पार्छ कि सिटी कुन लयमा छ।

प्रकाशित : मङ्गलबार, माघ ०४, २०७८१६:५७

मेस्सीलाई लात हानेर एम्बाप्पेलाई ‘मेन म्यान’ बनाउने तयारीमा पीएसजी !