एकैदिन थपिए १० हजार भन्दा बढी संक्रमित, परिक्षण गर्ने झन्डै ५० प्रतिशत संक्रमित !

काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर १० हजार भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ।  मंगलबार थप १० हजार २५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ८ लाख ६ हजार २१५ पुगेको छ भने एन्टिजेन विधिबाट एक लाख ३ हजार ९८३ जनामा संक्रमण पुष्टि भएको छ।

थप १७ हजार ८७२ जनाको पिसिआर परीक्षण तथा ४ हजार ९५६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट ८ हजार ७३० तथा एन्टिजेनबाट एक हजार ५२८  जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै, हालसम्म नेपालभर ८ लाख १७ हजार ५४७ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ५६२ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९४ दशमलप २ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ३९ हजार ४४ रहेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण १ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या ११ हजार ६२४  पुगेको छ।

उपत्यकामा ५५४९ संक्रमित

पछिल्लो २४ घण्टामा  काठमाडौं उपत्यकामा ५५४९ संक्रमित थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४००४, भक्तपुरमा ५७० र ललितपुरमा ९७५ संक्रमित थपिएका छन्।

प्रकाशित : मङ्गलबार, माघ ०४, २०७८१६:३८

काठमाडौँमा लागू भयो कडा नियमा, अब माघ महिना भर यी कार्य गर्न नपाइने !