युनाइटेडलाई ब्रेनफोर्डको चुनौती: खेल कुन च्यानलमा हेर्ने ?

एजेन्सी – प्रिमियर लिगमा बुधबार राति म्यानचेस्टर युनाइटेडले ब्रेनफोर्डको सामना गर्दैछ। पछिल्लो समय कम्जोर प्रदर्शन गरिरहेको युनाइटेडले ब्रेनफोर्डको सामना गर्न लागेको हो। खेल ब्रेनफोर्डको घरेलु मैदानमा हुनेछ।

बुधबार राति हुने खेल युनाइटेडका लागि धेरै नै महत्वपूर्ण हुनेछ। पछिल्ला ५ खेलमा मात्रै १ जित निकालेको युनाइटेड जसरी पनि जित निकाल्ने दाउमा हुनेछ। ब्रेन्टफोर्ड कम्युनिटी स्टेडियममा ब्रेन्टफोर्डले युनाइटेडलाई स्तब्द पार्ने प्रयास गर्नेछ।

युनाइटेड शिर्ष चारमा पर्दै च्याम्पियन्स लिगका लागि छनौट हुने अभियानमा छ। ब्रेनफोर्ड विरुद्धको खेलमा जित निकाल्न सके मात्रै युनाइटेड च्याम्पियन्स लिगका लागि छनौट हुने सम्भावना बाँकी रहनेछ।

युनाइटेड प्रिमियर लिगको सातौं स्थानमा छ। सिजनका २० खेल खेल्दा युनाइटेडले मात्रै ९ खेलमा जित निकालेको छ भने ६ खेलमा हार बेहोरेको छ। त्यस्तै ५ खेलमा भने युनाइटेड बराबरीमा रोकिएको छ। युनाइटेडको ३२ अंक छ।

ब्रेनफोर्ड भने प्रिमियर लिगको १४ औं स्थानमा छ। सिजनका २१ खेलिसक्दा उसले मात्रै ६ खेलमा जित निकालेको छ भने १० खेलमा हार बेहोरेको छ। ब्रेनफोर्डले ५ खेलमा बराबरी खेलेको छ।

खेल कुन च्यानलमा हेर्ने ?

खेल नेपाली समय अनुसार १ बजेर ४५ मिनेटमा शुरु हुनेछ। खेल कुनै पनि नेपाली च्यानलले प्रशारण गर्ने छैन। खेल हेर्नेको लागि भारतीय च्यानलको भर पर्नु पर्नेछ। खेल स्टार स्पोर्ट्स सेलेक्ट वानमा हेर्न सकिनेछ।

प्रकाशित : बुधबार, माघ ०५, २०७८११:३९

एम्बाप्पेलाई रियल जानबाट रोक्न पिएसजीको अर्को चाल !