एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का अर्जेन्टिनी स्टार फुटबलर लियोनेल मेस्सीका लागि सन् २०२२ को शुरुवात त्यति राम्रो रहेन। सन् २०२२ लाग्दा नलाग्दै कोरोना भाइरसको संक्रमण भएपछि मेस्सीले केहि हप्ता सम्म आइसोलेसनमै रहनुपर्यो। कोरोना नेगेटिभ आएपछि मेस्सी अर्जेन्टिनाबाट फ्रान्स त आइउगे, तर उनलाई स्वास्थ्यले पूरा साथ भने दिएन।
कोरोना संक्रमण मुक्त भएपछि पनि मेस्सीले कयौं दिन आराम गर्नुपरेको थियो। जसकारण उनी पिएसजीको मुख्य प्रशिक्षणमा पनि सहभागी हुन सकेनन्। यद्यपि उनी गत हप्ता देखि एक्लै प्रशिक्षणमा भने थिए। पूरा फिट नभएका कारण उनी व्यक्तिगत प्रशिक्षणमा रहेका थिए।
प्रमुख प्रशिक्षणमा फर्किए मेस्सी
झण्डै एक महिना पछि अन्ततः मेस्सी पिएसजीको प्रमुख प्रशिक्षणमा फर्किएका छन्। पिएसजीले दिएको जानकारी अनुसार मेस्सी क्लबको मुख्य सामुहिक प्रशिक्षणमा मंगलबारबाट फर्किएका हुन्। प्रशिक्षणमा फर्किए पनि मेस्सी कहिले देखि मैदान फर्किने भन्ने जानकारी भने बाहिर आएको छैन। त्यससम्बन्धमा पिएसजीबाट केहि पनि भनिएको छैन।
पिएसजीले आउने केहि दिनमा रेम्सको सामना गर्दैछ। फ्रेन्च लिग वान अन्तरगतको सो खेल आइतबार राति हुनेछ। सबै राम्रै गएको खण्डमा मेस्सी सो खेलका लागि उपलब्ध हुनेछन्। तर उनी सो खेलमा खेल्छन् नै भन्ने स्पष्ट जानकारी भने छैन।
Le retour à l'entraînement collectif pour 𝗟𝗲𝗼 𝗠𝗲𝘀𝘀𝗶❗️
🎥❤️💙 pic.twitter.com/GGKEZ4ko51
— Paris Saint-Germain (@PSG_inside) January 18, 2022
Le retour à l’entraînement collectif pour 𝗟𝗲𝗼 𝗠𝗲𝘀𝘀𝗶❗️
🎥❤️💙 pic.twitter.com/GGKEZ4ko51
— Paris Saint-Germain (@PSG_inside) January 18, 2022

