ह्वात्तै बढ्यो सुनको मूल्य, सुन महिना दिनकै महँगो भयो !

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ। गएको केहि दिन देखि लगातार सामान्य रुपले बढिरहेको सुनको मूल्य आज ह्वात्तै बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ हजार रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९३ हजार ७ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि १ हजार रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९३ हजार २ सय रुपैंयाँमा कारोबार भइरहेको छ। यस अगाडी सुनको मूल्य आइतबार ३ सय रुपैंयाँले घट्दा सोमबार, मंगलबार र बुधबार १-१ सय रुपैंयाँले बढेको थियो।

सुन १ महिनाकै महँगो

लगातार ४ दिन बढेसँगै नेपाली बजारमा सुनको मूल्य एक महिना भन्दा बढी समयकै महँगो भएको छ। महासंघले दिएको जानकारी अनुसार आज कायम भएको सुनको मूल्य पुस ५ गते यताकै महँगो हो।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। महासंघले दिएको जानकारी अनुसार आज चाँदीको मूल्य तोलामा रु ३०ले बढेको छ। नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय १५ रुपैंयाँमा कारोबार भैरहेको छ।

प्रकाशित : बिहिबार, माघ ०६, २०७८११:२०

सेयर बजार उकालो लागिरहेकै बेला ५ कम्पनीको आईपीओ आउँदै ! कुनको कति कित्ता ?