काठमाडौँको ज्याठामा नक्कली मह कारखाना, चिनी र मैदा मिलाएर बनाउथे मह !

काठमाडौँ – नक्कली मह उत्पादन गरेर बजारमा बिक्री-वितरण गर्दै आएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। नक्कली मह उत्पादन गर्दै आएका एक जनालाई प्रहरीले काठमाडौं महानगरपालिका–२७ स्थित ज्याठाबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई ज्याठा बस्ने ४७ वर्षीय नरेश श्रेष्ठ रहेका छन्। ज्याठास्थित उनको कारखानामा छापा मारेर नक्कली मह सहित उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार उनको कारखानामा छापा मारेर ६ हजार ५ सय लिटर मह बरामद गरिएको छ। सरकारी निकायसँग अनुमती नलिइकन गुणस्तरहीन मह उत्पादन गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको महाशाखाका अधिकारीहरु बताउँछन्।

पक्राउ परेका श्रेष्ठले ‘स्पर्स’ ब्राण्डको स्टिकर टाँसेर नक्कली मह बजारमा पठाउने गरेका थिए। सो ब्राण्ड सरकारी निकायमा दर्ता भएको पाइएको छैन। श्रेष्ठले चिनी र मैदा लगायतका कच्चा पदार्थलाई पकाएर मह उत्पादन गर्थे।पक्राउ परेका श्रेष्ठ माथि कालोबजारी ऐन अन्तर्गत अनुसन्धान गरेर मुद्दा अगाडी बढाइनेछ।

प्रकाशित : शुक्रबार, माघ ०७, २०७८११:००

आज सुन ३२ दिन कै महँगो ! कति ?