आज सुन ३२ दिन कै महँगो ! कति ?

काठमाडौँ – कारोबार हुने साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। साताको पहिलो दिन घटेर त्यसपछि लगातार बढिरहेको सुनको मूल्य आज पनि बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९३ हजार ८ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि १ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९३ हजार ३ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

यस अगाडी सुनको मूल्य आइतबार ३ सय रुपैंयाँले घट्दा सोमबार, मंगलबार र बुधबार १-१ सय रुपैंयाँले बढेको थियो। त्यस्तै बिहिबार भने सुनको मूल्य १ हजार रुपैंयाँले बढेको थियो।

सुन १ महिनाकै महँगो

लगातार ५ दिन बढेसँगै नेपाली बजारमा सुनको मूल्य एक महिना भन्दा बढी समयकै महँगो भएको छ। महासंघले दिएको जानकारी अनुसार आज कायम भएको सुनको मूल्य पुस ५ गते अर्थात ३२ दिनकै महँगो हो।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। महासंघले दिएको जानकारी अनुसार आज चाँदीको मूल्य तोलामा रु १० ले बढेको छ। नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय २५ रुपैंयाँमा कारोबार भैरहेको छ।

प्रकाशित : शुक्रबार, माघ ०७, २०७८११:०६

यस्ता सवारी साधनमा लागू हुँदैन जोरबिजोर प्रणाली !