जाभीले भने – ‘डेम्बेले नभएर टीमलाई खासै असर पर्दैन’

एजेन्सी – बार्सिलोनाका विंगर ओसमान डेम्बेलेको भविष्य यतिबेला चर्चाको विषय बनिरहेको छ। बार्सिलोनाले सम्झौता थपका लागि लगातार दबाव दिरहेपनि उनले सम्झौता थप गर्न मानिरहेका छैनन्।

सन् २०१७ मा १ सय ४० युरोमा आएका डेम्बेलेबाट खासै काम लिन नसकेको बार्सिलोनालाई डेम्बेलेका कारण पर्न सम्म समस्या परेको छ। त्यति महँगो मूल्य तिरेरे ल्याएको खेलाडी फ्री ट्रान्सफरमा फुत्किने डर बार्सिलोनालाई छ।

डेम्बेलेको सम्झौता यहि जुनमा सकिँदैछ। त्यसपछि डेम्बेले सित्तैमा विश्वका जुनसुकै क्लबमा जान सक्नेछन्। त्यस्तो हुनु भन्दा अगाडी नै डेम्बेलेलाई सम्झौता नवीकरणका लागि फकाउने बार्सिलोनाको योजना छ। तर बार्सिलोनाको तर्फबाट भएका सम्पूर्ण प्रयास खेर गइसकेका छन्। यससँगै बार्सिलोना डेम्बेलेलाई केहि दिन भित्रै बिक्री गर्ने तयारीमा जुटेको खबरहरु आएका छन्।

यस्तो खबर आइरहेकै बेला बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्देजले डेम्बेले नहुँदैमा बार्सिलोनालाई खासै असर नपर्ने बताएका छन्। हालसालै पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा जाभीले डेम्बेले नहुँदै पनि फरक नपर्ने बताएका हुन्। डेम्बेले क्लबका लागि महत्वपूर्ण खेलाडी भएपनि उनी नहुँदा मैदानमा टोलीलाई खासै धेरै फरक नपर्ने बताएका हुन्।

“डेम्बेले महत्त्वपूर्ण छन्। तर जे हुन्छ क्लबको निर्णयमा भर पर्छ। त्यसमा हामी सबै सहमत हुनै पर्छ। तर मलाई लाग्दैन कि उनको अनुपस्थितिले टीमलाई खासै असर पर्छ।”,जाभीले भने।

डेम्बेले सन् २०१७ मा १ सय ४० युरोमा बार्सिलोना आएका थिए । जर्मन क्लब बोरुसिया डर्टमण्डबाट उनलाई बार्सिलोनाले किनेको थियो। बार्सिलोना आएयता लागि १ सय २९ खेलमा ३१ गोल गरेका छन्। बार्सिलोना आएयता डेम्बेले अधिकांस समय घाइते हुँदै मैदान बाहिर रहँदै आएका छन्।

प्रकाशित : शनिबार, माघ ०८, २०७८२०:५६

ठूलो संघर्ष पछि युनाइटेड शिर्ष चारमा !