ठूलो संघर्ष पछि युनाइटेड शिर्ष चारमा !

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड कठिन जित निकाल्दै शिर्ष चारमा प्रवेश गरेको छ। शनिबार राति घरेलु मैदानमा भएको खेलमा वेष्ट ह्याम विरुद्धको खेलमा जित निकालेसँगै युनाइटेड शिर्ष चारमा प्रवेश गरेको हो।

वेष्ट ह्याम विरुद्ध जित निकाल्न युनाइटेडले इन्जुरी समय सम्मै मिहिनेत गर्न परेको थियो। खेलभर बलमा बढी युनाइटेडको पकड रह्यो। युनाइटेडले बलमा ५७ प्रतिशत पकड बनाएको थियो। युनाइटेडको तर्फबाट कुल १८ प्रहार भएको थियो। जस मध्ये ३ प्रहार टार्गेटमा थिए। त्यस्तै वेष्ट ह्यामको तर्फबाट भने खेलभर मात्रै ६ प्रहार भए। त्यसमा एक प्रहार मात्र टार्गेटमा थियो।

निकै नै प्रतिष्पर्धात्मक बनेको खेलको ९० मिनेट सम्म कुनै पनि टोलीबाट गोल हुन सकेन। तर थप गरिएको समयमा युनाइटेडको तर्फबाट गोल भयो। जुन निर्णायक सावित भयो। गोल मार्कुस रासफोर्डले गरेका थिए। उनले इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा इडिन्सन काभानीको पासमा गोल गर्न सफल भएका थिए।

शनिबारको जितसँगै युनाइटेड शिर्ष चारमा प्रवेश गर्दा वेष्ट ह्याम शिर्ष चारबाट बाहिरिएको छ। सिजनका २२ खेल खेल्दा युनाइटेडले ११ जित र ६ हार सहित ३८ अंक बनाएको छ। त्यस्तै वेष्ट ह्यामले भने १३ खेलमा ११ जित र ८ हार सहित ३७ अंक बनाएको छ। तेस्रो स्थानमा रहेको चेल्सीको ४४ अंक छ। चेल्सीले युनाइटेड भन्दा १ खेल बढी खेलेको छ।

प्रकाशित : आइतबार, माघ ०९, २०७८१०:१३

धेरै समय नटिक्न सक्छ युनाइटेडको खुशी, छिट्टै शिर्ष चारबाट आउट ?