एजेन्सी – लामो समय पछि प्रिमियर लिग क्लब लिगको शिर्ष चारमा फिर्ता भएको छ। लगातारको कम्जोर प्रदर्शन पश्चात शिर्ष चारबाट बाहिरिएको युनाइटेड शनिबार रातिबाट शिर्ष चारमा फिर्ता भएको हो।
शिर्ष चार भित्र रहेको वेष्ट ह्यामलाई युनाइटेडले घरेलु मैदानमा १-० ले पराजित गर्यो। यससँगै युनाइटेड शिर्ष चारमा प्रवेश गर्यो भने वेष्ट ह्याम शिर्ष चारबाट बाहिरियो।
निकै नै प्रतिष्पर्धात्मक बनेको खेलको ९० मिनेट सम्म कुनै पनि टोलीबाट गोल हुन सकेन। तर थप गरिएको समयमा युनाइटेडको तर्फबाट गोल भयो। जुन निर्णायक सावित भयो। गोल मार्कुस रासफोर्डले गरेका थिए। उनले इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा इडिन्सन काभानीको पासमा गोल गर्न सफल भएका थिए।
शनिबारको जितसँगै युनाइटेड शिर्ष चारमा प्रवेश गर्दा वेष्ट ह्याम शिर्ष चारबाट बाहिरिएको छ। सिजनका २२ खेल खेल्दा युनाइटेडले ११ जित र ६ हार सहित ३८ अंक बनाएको छ। त्यस्तै वेष्ट ह्यामले भने १३ खेलमा ११ जित र ८ हार सहित ३७ अंक बनाएको छ।
शिर्ष चारमा टिकिरहन चुनौती
शिर्ष चारमा प्रवेश गरेपनि युनाइटेडलाई त्यहाँ टिकिरहन कठिन हुनेछ। छैठौं र सातौँ स्थानमा रहेका टोटेनहाम र आर्सनलले युनाइटेड भन्दा क्रमश ३ र २ कम खेलेका छन्। टोटेनहामको ३६ अंक छ भने आर्सनलको ३५ अंक। यसरी यी दुई टोलीले आउने दिनहरुमा युनाइटेडलाई पछि पार्नेछन्।