काठमाडौँ – साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ। गएको साता लगातार ६ दिन बढेको सुनको मूल्य नेपाली बजारमा आज घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९३ हजार ५ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ३ सय रुपैंयाँले नै घटेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९२ हजार रुपैंयाँमा कारोबार भइरहेको छ।
गत साता सुनको मूल्य
गत साताको पहिलो दिन बाहेक सबै दिन सुनको मूल्य बढेको थियो। गत साता छापावाला सुन ९२ हजार ४ सय रुपैंयाँ देखि ९३ हजार ८ सय रुपैयाँ सम्ममा कारोबार हुँदा तेजाबी सुन ९१ हजार ९ सय देखि ९३ हजार ३ सय रुपैंयाँ सम्ममा कारोबार भएको थियो।
चाँदीको मूल्य
आज सुन मात्र नभई चाँदीको पनि मूल्य घटेको छ। महासंघले दिएको जानकारी अनुसार आज चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ। नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय १५ रुपैंयाँमा कारोबार भैरहेको छ।

