चिप्लो घसेर आफ्नो काम लगाउनमा माहिर हुन्छन् यी ५ राशि, बचेर नै रहनुहोस् !

ज्योतिषशास्त्रका अनुसार प्रत्येक राशिका मानिसका आ–आफ्नै विशेषता हुन्छन्। जस्तै कोही धेरै सीधा हुन्छन् भने कोही छिटो हुन्छन्। त्यस्तै, कोही मानिस निकै चलाख हुन्छन्। त्यसैगरी कतिपयले मिठा कुरा गरेर सजिलै आफ्नो काम गराउँछन्। उनीहरुलाई कसैलाई मुर्ख बनाउन धेरै सजिलो छ। आउनुहोस् जानौं यस्ता ५ राशिका राशिहरु जसले मीठो- मीठो बोलेर आफ्नो काम कसैबाट पनि गराउन राम्रोसँग जान्दछन्।

मिथुन राशि 

मिथुन राशिको स्वामी बुध हो र यिनीहरूमा वक्तृत्व कला सजिलै देख्न सकिन्छ। तर, यदि बुध कमजोर छ भने, यसले मानिसलाई तीतो बोल्ने बनाउन पनि सक्छ। तर काम पूरा गर्नका लागि यी मानिसहरू आफ्नो बोलीमा मिठास घोलाउन कुनै कसर छोड्दैनन्। यसबाट उनीहरुले व्यक्तिगत जीवनदेखि करियरसम्म धेरै नाफा कमाउँछन्। यदि यी मानिस व्यापारमा छन् भने यो गुणले तिनीहरूलाई ठूलो फाइदा दिन्छ।

कर्कट राशि 

कर्कट राशिका मानिसहरु सधै मिठो बोल्ने गर्छन्। लडाइँ भनेको उनीहरूको शब्दकोशमा पनि हुँदैन। यी मानिस जहिले पनि आफ्नो स्वेच्छाले काम गर्छन् तर अरुलाई त्यो महसुस गर्न दिदैनन्। त्यसैले मानिसहरुले यिनीहरुलाई मन पराउँछन् र यी मानिसको कुरा पनि मान्छन्।

कन्या राशि 

कन्या राशिका व्यक्तिहरू स्वभावले लजालु हुन्छन् र प्राय: झगडा गर्नुको सट्टा आफ्नो कुरा मिलाउनमा विश्वास गर्छन्। त्यसैले उनीहरुको लभ लाइफ-विवाहित जीवन निकै राम्रो रहन्छ। तिनीहरु तपाईंको सबैभन्दा ठूलो शुभचिन्तकहरुको जस्तै व्यवहार गर्छन् र सजिलैसँग आफ्नो काम सम्पन्न गरी अगाडि बढ्छन्।

वृश्चिक राशि

 

वृश्चिक राशिका मानिसहरु निकै नीच स्वभावका हुन्छन्। तिनीहरूले तपाईंको सबैभन्दा मिल्ने साथी भएको बहाना गर्नेछन् तर वास्तवमा तिनीहरू आफ्नो फाइदाको लागि यसो गर्छन्। मानिसहरू सजिलै यी मानिसको कुरामा आउँछन् र आफ्नो हानि गर्छन्। जबकी जहाँ काम सकिएपछि यस राशिका मानिस तपाईंलाई पछाडि फर्केर पनि हेर्दैनन्।

मीन राशि 

मीन राशिका मानिस मिठो बोल्नमा उत्कृष्ट हुन्छन्। यी मानिसहरूलाई बुझ्न धेरै गाह्रो छ। मीन राशिका मानिसले तपाईंलाई धेरै सपना देखाएर आफ्नो जालमा फसाएर काम गराउछन्। यी व्यक्तिहरु आफ्नो मिठो स्वरका कारण पार्टनरको मनमा सधैं राज गर्छन्।

प्रकाशित : आइतबार, माघ ०९, २०७८१३:१८

बृहस्पतिको प्रभाव: अबको ८२ दिन यी ५ राशिलाई अत्यन्त शुभ, मिल्नेछ लाभ नै लाभ !