दुष्ट ग्रह शनिको यस्तो ठूलो घटना, यी राशिलाई अत्यन्त शुभ !

यो साता न्यायका देवता शनिले आफ्नै राशिमा अस्त भएका छन्। यस बाहेक सूर्य र बुध पनि यस राशिमा छन्। यो अवस्थाले सबै राशिफलमा गहिरो प्रभाव पार्नेछ। जसको कारण भोलिबाट जनावरी ३० तारिखसम्म कुन राशिमा कस्तो प्रभाव पर्ला त ? जान्नुहोस्….

मेष राशि 

यो समयमा व्यापार व्यवसाय बढ्नेछ। उच्च पदमा रहेका व्यक्तिहरूसँग सम्बन्ध सुमधुर हुनेछ र उनीहरूसँग राम्रो समय बित्नेछ। नयाँ व्यक्तिहरूसँगको सम्पर्क बढ्नेछ र उनीहरूसँग व्यापारिक सम्पर्क स्थापित हुनेछ। परिवारका सदस्य र साथीभाइबाट सम्भावित सहयोग प्राप्त हुनेछ।

वृष राशि 

कामसँग सम्बन्धित नयाँ योजना बनाउन सफल हुनुहुनेछ। ठूला व्यापारी वा अधिकारीहरूसँग राम्रो सम्बन्ध स्थापित हुनेछ। तपाईंले बनाएको सम्बन्धले तपाईंलाई फाइदा लिन मद्दत गर्नेछ। साथीभाइको सहयोगमा शत्रुहरूलाई परास्त गर्न सकिनेछ।

मिथुन राशि 

अशुभ परिस्थितिमा विजय प्राप्त हुनेछ। तपाईंले आफ्ना शत्रुहरूलाई पराजित गर्नुहुनेछ। परिवारसँग राम्रो समय बित्नेछ। परिवारमा रमाइलो वातावरण रहनेछ। यस समयमा तपाईंले घरजग्गाबाट राम्रो लाभ प्राप्त गर्नुहुनेछ।

कर्कट राशि 

शुभ समाचार प्राप्त हुनेछ। परिचित व्यक्तिहरूसँग राम्रो समय बिताउनुहुनेछ। धार्मिक कार्य तथा परोपकार सम्बन्धि कार्यमा सहभागी हुनुहुनेछ। सरकारी कामहरू बिना अवरोध पूरा हुनेछन्। यो साता भाग्य राम्रो रहनेछ।

सिंह राशि 

समय धार्मिक कार्यको लागि धेरै राम्रो छ। यात्राको अवसर पनि मिल्नेछ। परिवारमा शुभ कार्य हुनेछ। आफ्नो होशियारीले काममा सफलता मिल्नेछ। दाम्पत्य जीवनमा मधुरता देखिनेछ। यो साता प्रतिद्वन्द्वीमाथि विजय हासिल गर्न सकिनेछ।

कन्या राशि 

राजनीतिमा सफलता प्राप्त गर्ने अवसर मिल्नेछ र राज्य सेवामा उच्च पदमा रहेका व्यक्तिहरूसँग मित्रता रहनेछ। परोपकारी स्वभाव भएकाले अरूको भलाइको लागि काम गर्नुहुनेछ। धन लाभको सम्भावना उच्च रहेको छ।

तुला राशि 

समय मिश्रित फलदायी रहनेछ। तपाईंले आफ्नो क्रोध नियन्त्रण गर्न आवश्यक छ। तपाईंको स्वभाव र व्यवहारमा परिपक्वता देखिनेछ। दाम्पत्य जीवन राम्रो रहनेछ। स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ, सजग रहनुहोला।

वृश्चिक राशि 

सरकारी क्षेत्रमा मान सम्मान र लाभ मिल्नेछ। उच्च वर्गका व्यक्तिहरूसँग राम्रो सम्बन्ध स्थापित हुनेछ। राजनीतिमा तपाईंको आकर्षण बढ्नेछ तर राजनीतिमा संलग्न व्यक्तिहरुसँग अलि सजग रहनु होला अन्यथा समस्या आउनेछ।

धनु राशि 

व्यापार व्यवसायमा सफलता मिल्नेछैन। घरपरिवारमा खुशी छाउनेछ, आफ्नो बानी परिवर्तन गर्नु आवश्यक छ। यो साता उच्च पदका व्यक्तिहरूसँग राम्रो सम्बन्ध बन्नेछ। परिवारमा कुनै शुभ समाचार प्राप्त हुनाले खुशीको वातावरण रहनेछ।

मकर राशि 

पूजनीय काम तथा धर्मसँग सम्बन्धित काममा धन खर्च हुनेछ। साथीभाइ र सहकर्मीहरूबाट सम्भावित सहयोग प्राप्त हुनेछ। यो साता धार्मिक कार्यमा मन लाग्नेछ। परिवारबाट खुशी र सहयोग मिल्नेछ।

कुम्भ राशि 

परिवारमा कसैको स्वास्थ्य खराब हुनसक्छ, साथै मानसिक तनाव बढ्नेछ। तपाईंको कार्यक्षेत्रमा सहकर्मीहरूसँग राम्रो सम्बन्ध रहनेछ। प्रतिष्ठा बढ्न सक्छ। धार्मिक कार्य तथा पुण्य कार्यमा पूर्ण भक्तिपूर्वक सहयोग गरिनेछ। कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ।

मीन राशि 

परिवारका सदस्यहरूबाट धेरै स्नेह प्राप्त हुनेछ। धर्म प्रति आस्था बढ्नेछ। तपाईंको व्यक्तित्व प्रभावशाली बन्नेछ। कुराकानीको सीप प्रयोग गरेर तपाईंले आफ्नो कार्यहरू पूरा गर्नुहुनेछ। यो साता केही शुभ समाचार प्राप्त हुनेछन्।

प्रकाशित : आइतबार, माघ ०९, २०७८१६:०१

बजरंगबलीका प्रिय हुन्छन् यी चार राशि हुनेहरु !