आइतबार कोरोना संक्रमित हुनेको सङ्ख्यामा कमी आएको छ। पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।
आइतबार कुल १७ हजार ४३७ वटा नमुना परीक्षणमा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको हो। यसअघि शनिबार २० हजार १८७ जनामा परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो।
त्यस्तै, पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भएका छन्। जसपछि, हाल देशभर कोरोनाका सक्रिय संक्रमित ७७ हजार ४० रहेका छन्। यसैबीच आइतबार थप ४ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन्।
उपत्यकामा ३ हजार ७९१ जना संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ३ हजार ७९१ जनामा कोरोनाभाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २८६८, ललितपुर ६०२ र भक्तपुरमा ३२१ जनामा संक्रमण पुष्टि भएको हो।

