लेवान्डोस्की बायर्नबाट आउट ?

एजेन्सी – बायर्न म्युनिखक स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको सम्झौता जुन २०२३ मा सकिँदैछ। बायर्न म्युनिखले अहिले देखि नै रोबर्टको विषयमा के गर्न सकिन्छ भने भित्र-भित्रै छलफल शुरु गरिसकेको छ।

पछिल्ला वर्षहरुमा विश्वकै उत्कृष्ट खेलाडीको रुपमा विकसित भएका लेवान्डोस्कीको भविष्यलाई लिएर बायर्न चिन्तित रहेको बताइन्छ। लेवान्डोस्कीलाई लिएर बायर्नले दुईवटा योजना बनाएको छ।

बताइएअनुसार बायर्नको पहिलो प्राथमिकता लेवान्डोस्कीसँग सहमतिमा पारिश्रमिक घटाएर सम्झौता थप गर्ने छ। त्यस्तै सम्झौता थप गर्न नमानेको खण्डमा लेवान्डोस्कीलाई आउने ट्रान्सफर विन्डोमै बिक्री गर्ने बायर्नको योजना रहेको छ।

सम्झौता बारे चर्चा

बायर्नको निती अनुसार ३० वर्षभन्दा माथिका खेलाडीहरूले सम्झौता सकिएपछि पनि एक वर्ष सम्झौता विस्तार गर्न सक्छन्। तर उनीहरुले लेवान्डोस्कीको विषयमा भने फरक रणनीति बनाएको जर्मन मिडियाहरु बताउँछन्। बायर्न हालको पारिश्रमिकमा एक वर्ष थप अथवा पारिश्रमिक घटाएर दुई वर्षे सम्झौता थप गर्ने पक्षमा रहेको जर्मन मिडिया बिल्डले जनाएको छ।

गत हप्ता मात्रै फिफा वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड प्राप्त गरेका लेवान्डोस्की उमेरले ३३ वर्ष पुगीसक्का छन्। उमेर ढल्कँदै गरेको भएपनि उनी उत्कृष्ट लयमा छन्। जारी सिजनमा बायर्नका लागि ३१ खेल खेल्दा उनले ३७ गोल गरिसकेका छन्। उनी हालको अवस्थामा युरोपकै सर्वाधिक गोलकर्ता हुन्।

उत्कृष्ट लयमा भएकै कारण लेवान्डोस्की युरोपका ठूला क्लबहरुको नजरमा रहेका छन्। बायर्नले उनलाई बिक्री गर्ने योजना बनाएको खण्डमा धेरै क्लबबीच तछाड-मछाड हुनेछ।

प्रकाशित : सोमबार, माघ १०, २०७८१७:०५

“रोनाल्डोबाट धेरै कुरा सिक्न पाएँ, त्यसैले उनले छाड्दा म तयार भैसकेको थिएँ”