आज माघ ११ गते मंगलबारको ,दिन शुभ-अशुभ कस्तो रहला ? हेर्नुहोस राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

शारीरिक तथा मानसिक रूपले स्वस्थ रहनुहुनेछ। मध्यान्हपछि मात्र नयाँ करुआ सुरु गर्नुहोला। वाणी तथा क्रोधमा संयम राख्नुहोला। शत्रु तथा प्रतिस्पर्धीसँग भने सावधान रहनुपर्नेछ। रहस्यमय विषय तह गूढ विद्या प्रति आकर्षण बढ्नेछ। आध्यात्मिक सिद्धि प्राप्त हुनेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

व्यापार व्यवसायमा लाभ मिल्ने सम्भावना रहेको छ। कार्यक्षेत्रमा सहकर्मीको भरपूर सहयोग मिल्नेछ। प्रिय व्यक्तिसँग रमाइलो समय बिताउन पाउनु हुनेछ। सामाजिक मन-सम्मान बढ्नेछ। गृहस्थजीवन सुखमय रहनेछ। नयाँ वस्त्र प्राप्त हुने देखिन्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

बौद्धिक तथा रचनात्मक कार्यमा सफलता मिल्नेछ। शारीरिक तथा मानसिक रूपले अस्वस्थ रहन सकिन्छ। मध्यान्हपछि व्यापारमा विशेष लाभ हुने सम्भावना रहेको छ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। सहकर्मीको साथ मिल्नाले हरेक कार्य सरलताका साथ पूरा हुने देखिन्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ। यात्रा गर्नको लागि दिन अनुकूल छैन। जग्गा-जमीन तथा वाहन सम्बन्धि समस्याले सताउन सक्छ। मध्यान्हपछि परिस्थिति अनुकूल हुँदै जानेछन्। स्वास्थ्यमा सुधार आउनेछ। मित्रगणबाट साथ सहयोग मिल्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

रमणीय यात्राको योग बन्नेछ। वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ। नयाँ कार्य सुरु गर्नको लागि समय उत्तम रहेको छ। धन लाभ मिल्ने सम्भावना छ। स्वास्थ्यमा समस्या आउनसक्छ। परिवारमा मदभेद तथा आपसी कलहको स्थिति सिर्जना हुनसक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

नयाँ कार्य प्रारम्भ गर्नको लागि समय शुभ छैन। वाणीमा संयम राख्नुहोला। परिवारमा वाद-विवादको अवस्था आउनसक्छ। शारीरिक तथा मानसिक रूपले स्वास्थ्यमा नकारात्मक असर पर्ला। भाग्यवृद्धिको योग छ। दाजु-भाईसँगको सम्बन्धमा सुधार आउनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

कलात्मक तथा सिर्जनात्मक क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्य राम्रो रहनेछ। नयाँ वस्त्र किन्नका साथै मनोरंजनमा पैसा खर्च हुने देखिन्छ। परिवारका साथ मनमुटावको स्थिति बन्न सक्छ, सतर्क रहनुहोला। सरकारी क्षेत्रमा समय अनुकूल रहने देखिँदैन।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

जिद्दी तथा उग्र व्यवहारको कारण समस्या निम्तिन सक्छ। आफन्तसँग मनमुटावको स्थिति सिर्जना हुनसक्छ। मध्यान्हपछि समय अनुकूल रहला। स्वास्थ्यमा सुधार आउने देखिन्छ। आर्थिक लाभ मिल्ने सम्भावना छ। तपाईंको मनोबल तथा आत्मविश्वास बढ्नेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

व्यावसायिक क्षेत्रमा दिन अत्यन्त लाभदायक साबित हुनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। पदोन्नती मिल्ने योग रहेको छ। मध्यान्हपछि भने स्वास्थ्यमा समस्या आउनसक्छ। वाणीमा संयम राख्न जरूरी देखिन्छ। नयाँ कार्य सुरु गर्न समय उत्तम नहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

गृहस्थजीवन सुखमय रूपले बित्नेछ। व्यापार व्यवसायमा समय अनुकूल रहनेछ। पदोन्नतीको योग रहेको छ। कार्यक्षेत्रमा सहकर्मीको भरपूर साथ सहयोग मिल्नेछ। यात्राको योग बन्नेछ। आयमा वृद्धि हुनेछ। स्वास्थ्य राम्रो रहनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

बौद्धिक तथा लेखन कार्यमा रुचि बढ्नेछ। नयाँ कार्य सुरु गर्नको लागि समय शुभ रहनेछ। लामो यात्रा तथा धार्मिक यात्राको योग बन्नेछ। व्यापारमा विशेस लाभ मिल्ने देखिन्छ। परिवारमा हर्षोउल्लासको वातावरण रहनेछ। सरकारी क्षेत्रमा सफलता मिल्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

वाणी तथा क्रोधमा संयम राख्नुहोला। स्वास्थ्यमा समस्या आउनसक्छ। शत्रु तथा प्रतिस्पर्धीसँग सावधान रहनुहोला। अनावश्यक वाद-विवादमा नपर्नुहोला। मध्यान्हपछि परिस्थितिमा सुधार हुनेछ। व्यापारमा लाभ मिल्नेछ। वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्ने देखिन्छ।

प्रकाशित : सोमबार, माघ १०, २०७८२१:२०

भोलि माघ १२ गते बुधबार,शुभ-अशुभ कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफल !