आज सुन ३९ दिनकै महँगो ! कति ?

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। साताको पहिलो दिन आइतबार घटेर दोस्रो दिन सोमबार बढेको सुनको मूल्य आज बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ५ ​सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९४ हजार रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ५ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

यस अगाडी आइतबार र सोमबार छापावाला सुन ९३ हजार ५ सय रुपैंयाँमा कारोबार हुँदा तेजाबी सुन ९३ हजारमा कारोबार भएको थियो। आज मंगलबार कायम भएको सुनको मूल्य १ महिना भन्दा बढी समयकै महँगो हो।

नेपाली बजारमा आज कायम भएको सुनको मूल्य पुस २ गते अर्थात ३९ दिनकै महँगो रहेको छ। त्यसदिन पनि छापावाला सुन ९३ हजार ५ सय र तेजाबी सुन ९३ हजार रुपैंयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य

आज सुनको मूल्य बढेपछि नेपाल बजारमा चाँदीको मूल्य भने घटेको छ। महासंघले दिएको जानकारी अनुसार आज चाँदीको मूल्य तोलामा रु १५ ले घटेको छ। नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय रुपैंयाँमा कारोबार भैरहेको छ।

प्रकाशित : मङ्गलबार, माघ ११, २०७८११:४३

२५ हजार परीक्षण गर्दा १२ हजार सङ्क्रमित