३० वर्षपछि यो विशेष राशिमा शनि आउँदै, चम्किनेछ ५ राशिको भाग्य

काठमाडौँ : शनिदेवलाई सुस्त गतिमा चल्ने ग्रह मानिन्छ।  शनिलाई एक राशिबाट अर्को राशिमा प्रवेश गर्न करिब साढे दुई वर्ष लाग्छ। मकर र कुम्भ राशिको स्वामी शनि हो। शनि २९ अप्रिलबाट कुम्भ राशिमा गोचर हुनेछ।  ३० वर्षपछि शनि कुम्भ राशिमा प्रवेश गर्दैछ । यो गोचरले यी ५ राशिका जातकको भाग्य चम्काउनेछ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

शनिको गोचर लाभदायी रहनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ। कार्यस्थलमा आफ्नो क्षमता देखाउने भरपूर अवसर मिल्नेछ। जागिरेहरुका लागि यो समय अनुकूल रहनेछ। कार्यस्थलमा तपाईको छवि राम्रो रहनेछ। बोसले तपाईलाई हरेक काममा साथ दिनेछन्। आफ्नै व्यवसाय गर्नेहरूलाई ठूलो सफलता मिल्ने सम्भावना छ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

यस समयावधिमा तपाईले आफ्नो मेहनतको फल प्राप्त गर्नुहुनेछ। भाग्यको पूर्ण साथ मिल्नेछ। व्यावसायिक जीवनमा राम्रो अवसर मिल्नेछ। मनले चाहेको काम प्राप्त हुने प्रबल सम्भावना छ। पहिल्यैदेखि रोकिएका कामहरु यस समयावधिमा पूरा हुनेछन्।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

यो गोचर धेरै शुभ हुने देखिन्छ। मिहिनेतको पूर्ण फल मिल्ने सम्भावना छ। कानुनी निर्णय तपाईको पक्षमा रहनेछ। भाग्यले साथ दिनेछ। यस अवधिमा तपाईको कडा परिश्रमलाई बेवास्ता गर्न तपाईका वरिष्ठहरूलाई गाह्रो हुनेछ। कार्यस्थलमा तपाईको कामको वाहवाही हुनेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

शनिको यो स्थिति अनुकूल साबित हुनेछ। प्रतियोगात्मक परीक्षाको तयारी गरिरहेकाहरुले सफलता हात पार्नेछन्। तपाईको हरेक प्रयासको राम्रो नतिजा मिल्नेछ। आर्थिक अवस्था राम्रो रहनेछ। शुभ समाचार प्राप्त हुनेछ। आकस्मिक आर्थिक लाभको प्रबल सम्भावना छ ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

शनिको गोचर तुला राशिका जातकहरुलाई शुभ रहनेछ। विद्यार्थी वर्गहरुका लागि सकारात्मक समय देखिन्छ। काममा धेरै राम्रो अवसर मिल्नेछ। व्यापार व्यवसायमा प्रगति हुनेछ। मनले चाहेको काम मिल्ने सम्भावना छ।

प्रकाशित : मङ्गलबार, माघ ११, २०७८१७:४०

यी ४ राशिका जातकमा सधैँ रहन्छ शनिदेवको विशेष कृपा, कुनै पनि काममा आउँदैन बाधा