रियल विरुद्ध नेयमार मैदान फिर्ता होलान् ?

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार नेयमार चोटका कारण मैदान बाहिर छन् । उनी कहिले मैदान फर्कन्छन् भन्ने अझै टुंगो लागेको छैन ।

पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोले नेयमार पूर्ण रुपमा ठिक भएर कहिले फर्केन्छन् भन्न नसकिने बताएका छन् । त्यसैले नेयमारले रियल म्याड्रिडविरुद्ध हुने च्याम्पियन्स लिगको अन्तिम १६ को खेल खेल्नेमा पनि शंका रहेको छ ।

लिग वान टोली पिएसजीले फब्रुअरी १५ मा रियलको आतिथ्यता गर्नेछ । तर, टोलीले नेयमारविना नै खेल्नुपर्ने हुनसक्छ । सेन्ट इटिनीविरुद्ध नोभेम्बर २८ मा भएको खेलका दौरान नेयमारको गोलीगाँठामा चोट लागेको थियो ।

‘रियलविरुद्ध हुने खेलमा नेयमार हुन्छन् हुँदैन थाहा छैन’, पोचेटिनोले आइतबारको खेल जितेपछि भने, ‘चोट कति ठिक भयौं भन्ने हामी अर्को साता हेर्नेछौं । सबै ठिक भयो भने उनी हामीसँग हुनेछन् । आशा त छ तर अहिले पनि यसै भन्न सकिने अवस्था छैन ।’

लिलविरुद्ध फेब्रुअरी ६ मा हुने लिग वानको खेलमा ब्राजिलियन स्टार फर्कने अपेक्षा गरिएको छ । तर त्यसका लागि उनी प्रशिक्षणमा फर्कनुपर्ने भएपनि हालसम्म आएका छैनन् । उनको अनुपस्थितिम लिओनेल मेस्सी, किलीयन एम्बाप्पे, एन्जल डी मारिया लगायत खेलाडीले आक्रमणको जिम्मेवारी सम्हाल्नेछन् ।

प्रकाशित : मङ्गलबार, माघ ११, २०७८१९:४५

इनिएस्टा बार्सिलोना फिर्ता ?