शान्ति सुरक्षामा अहोरात्र खटिने प्रहरीको यो दुख कसले बुझ्ने ?

काठमाडौं । शान्ति सुरक्षामा अहोरात्र खटिने प्रहरीले कसरी सुरक्षा दिइरहेका होलान ? तपाइँलाई लाग्ला, सडकमा उभ्भिएर । लाठी बोकेर वा बन्दुक बोकेर । तर, ति प्रहरीले ड्यूटी सकिएपछि आराम गर्न जाने ठाउँ कस्तो होला ? कल्पना गर्नुभएको छ ? हामीले देशभरका प्रहरी कार्यालयको अवस्थाका बारेमा चित्रण गर्ने कोसिस गरेका छौं । नुवाकोटस्थित प्रहरी चौकी भैरवीको बारेमा केही चर्चा गरौं । टिनको छानोले छाएको घर । झ्यालमा सीसा छैनन् । ओच्छ्यानमा न्यानो कपडा छैनन् । शौचालयको राम्रो व्यवस्था छैन । तर, पनि उनीहरु दिनरात नभनी शान्ति सुरक्षामा अहोरात्र खटिरहेका छन् । त्यहाँ कार्यरत एक प्रहरी जवान भन्छन्, ‘हाम्रो दुःख कस्ले देख्छ ? न राज्यले न संगठनले । उजुरी गरम् उल्टै हामीलाई नै कारबाही होला भन्ने डर । बरु जे छ त्यसैले काम चलाउने काम गर्ने भन्दा अर्को विकल्प छैन । ’

नुवाकोटका नेता अर्जुननरसिंह केसी पटकपटक मन्त्री भईसके। त्यो पनि भौतिक पूर्वाधार मन्त्री । तर, उनले आफ्नो जिल्लामा भएका प्रहरी कार्यालयका बारेमा पटक्कै ध्यान नदिएको प्रहरी चौकी भैरवीले देखाउँछ । एनका भाई जगदीशनरसिंह केसी पनि कांग्रेश भित्र प्रभावशाली नेताकै रुपमा चिनिन्छन्। पटकपटक अर्थमन्त्री भईसकेका डा. रामशरण महत, उनका भाई प्रकाशशरण महत पनि नुवाकोटमै नेता हुन्। तर, जिल्लाको विकास निर्माणका बारेमा उनीहरुले पुर्याएको योगदान प्रहरी चौकीकै उदाहरणले पुष्टी गर्छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

रामेछापस्थित प्रहरी चौकी भूजीकोको अवस्था अझै दर्दनाक छ । त्यहाँको चौकीको अवस्था हेर्ने हो भने अझै उ विनाशकारी भूकम्पकै आशपासमा देखिन्छ । पुरै चौकी जस्तापाताले बेरिएका छन् । यो चौकी पनि स्थानीयको सहयोगमा प्रहरीले निर्माण गरेको हो । जस्ताकै छानो । जस्ताकै ढोका र जस्ताकै झ्याल । गर्मी, जाडो केही नभनी उनीहरु सर्वसाधरणको सुरक्षामा खटिएका छन् ।

रामेछापस्थित प्रहरी चौकी भूजीकोको अवस्था अझै दर्दनाक छ । त्यहाँको चौकीको अवस्था हेर्ने हो भने अझै उ विनाशकारी भूकम्पकै आशपासमा देखिन्छ । पुरै चौकी जस्तापाताले बेरिएका छन् । यो चौकी पनि स्थानीयको सहयोगमा प्रहरीले निर्माण गरेको हो । जस्ताकै छानो । जस्ताकै ढोका र जस्ताकै झ्याल । गर्मी, जाडो केही नभनी उनीहरु सर्वसाधरणको सुरक्षामा खटिएका छन् ।

अब चर्चा गरौं । अर्घाखाँचीले पनि थुप्रै नेता पायो तर, विकास खै । एमाले नेता एवं पूर्व मन्त्री चेतनारायण आचार्य, माओवादी केन्द्रकी नेतृ छमकुमारी खनाल गिरी लगायतका नेता अर्घाखाँचीमै छन्। तर, जिल्लाको प्र्रहरी कार्यालयको अवस्था दर्दनाक छ। अर्घाखाँची जिल्लाको सीमलपानी प्र्रहरी चौकी त भग्नावशेष अवस्थामा छ। चौकीको एक भाग पुरै भत्कीसकेको छ। जीर्ण अवस्थामा रहेको भवनमै प्रहरीले काम गरिरहेका छन्।

ताप्लेजुङस्थित प्रहरी चौकी सिवा ताप्लेजुङको अवस्था नियाल्दा कष्टकर मात्रै देखिन्छ। पुरानो माटोले बानेको भवनमा उनीहरुको दिनचर्या वितिरहेको छ। वर्षातमा पानी चुहिने भवनमा प्रहरीले जसोतसो काम गरिरहेका छन्। कुन बेला भवनले आफैंलाई थिच्ने हो थाहा छैन। त्यहाँ कार्यरत एक प्रहरी जवान भन्छन्,‘अरु त त्यस्तै हो, दिनभरी ड्यूटीमा खटिएर आयो राती गर्मीमा लामखुट्टेको हैरानी र वर्षातमा पानी चुहिएर घर नै पल्टिएला जस्तो हुन्छ। अनी मन खिन्न हुन्छ।’

अब दार्चुलास्थित प्रहरी चौकी तिंकरको चर्चा गरौं। एक त भारतसँग सीमा जोडिएको जिल्ला। भारतबाट चोरी गरेर आएका चोरहरु नेपाल प्रवेश गर्ने दार्चुलाको जिल्लाका प्रहरी कार्यालयको हविगत खराब छ। प्रहरी चौकी तिंकरको अवस्था हेर्दा खाडी मुलुकमा देखिएका ढुंगाले बनेको जीर्ण भवन जस्तै देखिन्छ। त्यहाँ काम गर्ने प्रहरीको मनस्थिति के होला ?

माथि हामीले चर्चा गरेका प्रहरी चौकीहरु क्रमशः प्रहरी चौकी भैरवी, प्रहरी चौकी भुजी, प्रहरी चौकी सीमलपानी, प्रहरी चौकी तिंकर र प्रहरी चौकी सिवाताप्लेजुङ त जीर्ण प्रहरी कार्यालयमध्येका केही उदाहरयण मात्रै हुन्। यस्ता थुप्रै प्रहरी कार्यालयहरु छन्, कोही भाडामा छन् त कोही पालमा बसेर समेत ड्युटी गरिरहेका छन् ।

राजधानीकै महानगरीय प्रहरी परिसर टेकुमा अहिले पनि प्रहरी पाल भित्र बसेर ड्यूटी गरिरहेका छन्। भलै प्रहरी कार्यालय निर्माणाधीन छ । एकातिर राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यालय पुगेन भनेर प्रहरी तालिम केन्द्र नै हटाउने चर्चा चलिरहेको छ। अर्कोतिर जनताको जीउधनको सुरक्षा गर्ने प्रहरी बस्ने, खाने र सुत्ने ठाउँको अवस्था दयनीय छ । राज्य जिम्मेवार नहुँदा प्रहरीले दैनानुदिन भोग्नुपरेको पीडाका बारेमा एकपटक गम्भीर भएर सोच्नुपर्ने बेला आएको विज्ञहरु बताउँछन् ।

हिरासत कक्ष नहुँदा महिला र पुरुष आरोपीलाई राख्न प्रहरीले समस्या झेल्दै आएका छन्। शौच गर्ने शौचालय नहुँदा प्रहरीले थप पीडा भोग्दै आएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार सातवटा प्रदेशमा कूल दुई हजार ६ सय ६० वटा प्रहरी युनिट छन्। जसमध्ये आठ सय ४७ वटा प्रहरी कार्यालयका आफ्ना भवनमा छैनन्। उनीहरु भाडामा छन् । नौ सय ६७ वटा प्रहरी कार्यालयको त मेस (खाना खाने भान्सा) नै छैनन् । अरु त अरु ८ सय ८२ वटा प्रहरी कार्यालयका शौचालय नै छैनन् । सरकारी भवनको आश्रय लिएर अहिले देशभर तीन सय २९ वटा प्रहरी कार्यालय सञ्चालित छन् ।

प्रकाशित : बुधबार, माघ १२, २०७८०८:१३

‘क्रिप्टोकरेन्सी’ कारोबार पुष्टि गर्ने त्यो अनौठो सूचना …