बढ्यो सुनको मूल्य, ६८ दिनकै महँगो भयो ! कति ?

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। साताको पहिलो दिन आइतबार घटेर दोस्रो दिन सोमबार स्थिर रही मंगलबार बढेको सुनको मूल्य बुधबार पनि बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ४ ​सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९४ हजार ४ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ४ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९३ हजार ९ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

सुन २ महिना भन्दा बढी समयकै महँगो

पछिल्लो वृद्धिसँगै सुन २ महिना भन्दा बढी समय यताकै महँगो भएको छ। नेपाली बजारमा आज कायम भएको मूल्य मङ्सिर ३ गते अर्थात ६८ दिनकै महँगो रहेको छ। त्यसदिन पनि सुन आजकै मूल्यमा कारोबार भएको थियो।

चाँदीको मूल्य

आज सुनको मूल्य बढेपनि नेपाल बजारमा चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। महासंघले दिएको जानकारी अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय रुपैंयाँमा कारोबार भैरहेको छ।

प्रकाशित : बुधबार, माघ १२, २०७८११:५४

कस्तो रहला आगामी तीन दिनको मौसम ?