एकै राशिमा पाँच ग्रह जम्मा हुँदा बन्नेछ पञ्चग्रही योग, यी राशिलाई मिल्नेछ लाभै-लाभ !

एजेन्सी – ज्योतिष शास्त्रमा राशि परिवर्तन, दशा, महादशा र ग्रह संयोगलाई विशेष महत्वका साथ हेरिन्छ। ग्रहचक्रका सम्पूर्ण ग्रहहरुको चाल अनुसार हरेक राशिको भाग्य निर्धारण हुने ज्योतिषीहरु बताउँछन्। सबै ग्रहहरु कुनै न कुनै समय आफ्नो चाल र राशि परिवर्तन गरिरहन्छन्। जसकारण हरेक राशिले प्राप्त गर्ने फल परिवर्तन भइरहन्छ।

अहिले जनवरी महिनाको अन्तिम समय चलिरहेको छ। आउने केहि दिनमै नयाँ महिना फेब्रुअरी शुरु हुनेछ। फेब्रुअरी महिनामा पनि विभिन्न ग्रहहरुले राशि परिवर्तन गर्दैछन्। ज्योतिषीहरुका अनुसार ग्रहहरुले गर्ने चाल परिवर्तनका कारण फेब्रुअरी महिना धेरै नै विशेष रहनेछ।

फेब्रुअरी महिनामा मकर राशिमा धेरै नै महत्वपूर्ण योग बन्ने ज्योतिषीहरुको भनाई छ। यस महिनाभर धेरै जस्तो ग्रह मकर राशिमा प्रवेश गर्नेछन्। हालको अवस्थामा सूर्य, बुध र शनि तीन ग्रह मकर राशिमा छन्। हाल मकरमा रहेको सूर्यले फेब्रुअरी १३ मा राशि परिवर्तन गर्नेछ।

फेब्रुअरीको २६ र २७ मा थप दुई ग्रह मकर राशिमा प्रवेश गर्नेछन्। २६ तारिखमा मंगल मकर राशिमा प्रवेश गर्नेछ भने २७ तारिखमा शुक्र प्रवेश गर्नेछ। शुक्र मकर राशिमा प्रवेश गर्दा त्यहाँ पहिला दखि नै चन्द्र पनि हुनेछ।

यसरी चन्द्र, बुध, शनि, शुक्र र मंगल गरी पाँच ग्रह एक साथ मकर राशिमा हुनेछन्। त्यस्तो हुँदा ग्रहचक्रमा पञ्चग्रही योग बन्नेछ। मकर राशिमा बन्ने सो योगले सबै राशिलाई प्रभाव पार्नेछ। तर सो योगको सबै भन्दा बढी मेष, वृष र मीन राशिलाई शुभ सावित हुनेछ। यी तीन राशि हुनेहरुको जीवनमा सकारात्मक परिवर्तन हुनेछन् भने चलिरहेका समस्या देखि सहजै छुटकारा मिल्नेछ।

प्रकाशित : बुधबार, माघ १२, २०७८१६:२१

यस राशिका युवतीले पाउँछन् निकै धनि पति, कतै तपाई त पर्नु भएन ?