रियल म्याड्रिड विरुद्ध रामोसले पाउलान् मौका ?

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का डिफेन्डर सर्जियो रामोस अहिले पूरानो लयमा फर्किने क्रममा छन्। शरीरले पूरा साथ नदिँदा कयौं महिना सम्म रामोस अहिले पूरानो अवस्थामा फर्किने मिहिनेत गरिरहेका छन्। रामोसको मिहिनेतले काम पनि गरिरहेको छ। रेइम्स विरुद्धको खेलमा रामोसले पूरा ९० मिनेट खेल्न सकेका थिए। सो खेलमा रामोसले उत्कृष्ट प्रदर्शन गर्दै एक गोल समेत गरेका थिए।

सो खेलमा रामोसले आफू पूराना अवस्थामा फर्किएको र खुलेर खेल्नको लागि तयार रहेको छनक देखाएका थिए। च्याम्पियन्स लिगमा रियल म्याड्रिडको सामना गर्नु अगाडी रामोस फर्ममा फर्किनु पक्कै पनि पिएसजीका लागि खुशीको कुरा हो।

पूरानो अवस्थामा फर्किएपनि पिएसजीको टीममा पर्न रामोसलाई सहज भने पक्कै हुने छैन। त्यसको लागि उनले अझ राम्रो प्रदर्शन गर्नुपर्ने हुन्छ। त्यसको लागि उनले माक्विनहोस र प्रेस्नेल किम्पेम्बेसँग प्रतिष्पर्धा गर्नुपर्नेछ।

पिएसजीले रियलको सामना गर्नु अगाडी दुई टोलीको सामना गर्दैछ। दुवै खेलमा मौका पाएको खण्डमा रामोसले आफूलाई प्रमाणित गर्न सकेमात्रै च्याम्पियन्स लिगमा रियल विरुद्ध स्थान बनाउन सक्नेछन्।

जारी सिजनमा माक्विनहोस र किम्पेम्बे नै अधिकांश पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोको रोजाईमा पर्दै एक छन्। यी दुई बीचको जुगलबन्दीलाई रामोसका लागि पोचेटिनोले भत्काउने देखिँदैन।

तर त्यसको विपरित उनले तीन सेन्टर डिफेन्डर उतार्ने रणनीति बनाउन सक्छन्। फ्रेन्च मिडियाहरुका अनुसार पिएसजी रियालो म्याड्रिड विरुद्ध तीन सेन्टर डिफेन्डर सहित मैदानमा उत्रिन सक्छ। अथवा माक्विनहोस मिडफिल्डमा सारिन सक्छन्।

प्रकाशित : बुधबार, माघ १२, २०७८१९:२९

हालाण्ड भित्र्याउन अहिले देखि नै तयारीमा जुट्यो बार्सिलोना, अहिले देखि खुत्रुके भर्न थाल्यो !