काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। लगातार केहि दिन बढेर घटेको सुनको मूल्य बिहिबार घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ९ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९३ हजार ५ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ९ सय रुपैंयाँले नै घटेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९३ हजार रुपैंयाँमा कारोबार भइरहेको छ।
यस अगाडी छापावाला सुन आइतबार र सोमबार ९३ हजार ५ सयमा कारोबार हुँदा मंगलबार ९४ हजार र बुधबार ९४ हजार ४ सय रुपैंयाँमा कारोबार भएको थियो।
त्यस्तै तेजाबी सुन भने आइतबार र सोमबार ९३ हजार रुपैंयाँमा कारोबार भएको थियो। मंगलबार ९३ हजार ५ सय रुपैंयाँमा कारोबार हुँदा बुधबार ९३ हजार ९ सय रुपैंयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य
आज सुन मात्र नभई चाँदीको पनि मूल्य घटेको छ। महासंघले दिएको जानकारी अनुसार आज चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ। नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ९० रुपैंयाँमा कारोबार भैरहेको छ।