नेयमारको ठाउँ कौटिन्होले पाए !

एजेन्सी – चोटका कारण नेयमार जुनियरले दक्षिण अमेरिकी छनोटमा इक्वेडरविरुद्धको खेल गुमाउँदा फिलिपे कौटिन्होले एक वर्षपछि टोलीमा पूनरागमन गरेका छन् । ब्राजिली मुख्य प्रशिक्षक टिटेले नेयमारको स्थानमा कौटिन्होलाई समावेश गरेका हुन् ।

नेयमार चोटबाट मुक्त भएपनि उनलाई टोलीमा समावेश गरेको छैन । प्रतिबन्धका कारण लुकास पाक्वेटा पनि टोलीमा नरहँदा कौटिन्होले खेल्न पाउने सम्भावना रहेको छ । चोटका कारण नेयमार झन्डै दुई महिनायता मैदानबाहिर रहेका छन् । उनी बुधबारदेखि फ्रान्सेली क्लब (पिएसजी) को प्रशिक्षणमा सामेल भइसकेका छन् । तर उनलाई प्रशिक्षक टिटेले विश्वकप छनोटको अन्तिम टोलीमा राखेका छैनन् ।

कौटिन्हो यसै विन्टरमा क्याटलान क्लब बार्सिलोनाबाट लोनमा इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लामा आबद्ध भएका छन् । उनले भिल्लाको सुरुवाती दुई खेलमै प्रभाव जमाएका छन् । २९ वर्षीय कौटिन्होले जनवरी २०२१ म घुँडाको शल्यक्रिया गराएपछि अक्टोवर २०२० देखि ब्राजिलका लागि खेलेका छैनन् । कौटिन्होको पूनरागमन नेयमारको अनुपस्थितिसँग मिल्दोजुल्दो छ । जो घुँडाको चोटका कारण आगमी छनोटका खेलका लागि बाहिर छन् ।

‘मानिसहरु सधैं नेयमार चाहन्छन्, तर कहिलेकाही तपाईले चाहेजस्तो हुँदैन,’ प्रशिक्षक टिटेले सञ्चारकर्मीसँग भने, ‘नेयमार टोलीमा नरहँदा हामीलाई दुःख लाग्छ । तर हामीसँग अन्य विकल्प छन् । म कौटिन्होको बारेमा कुरा गर्दैछु । त्यो भुमिकामा खेल्ने सक्ने खेलाडी छन् र म गुणस्तरमा विश्वास गर्छु ।’

‘कौटिन्हो एक महत्वपुर्ण खेलाडी हुन् र उनी आफ्नो उत्कृष्ट स्तरमा सुधार गर्दैछन्,’ प्रशिक्षक टिटेले थपे, ‘उनले खेलमा कति समय लाएका छन् भन्ने बुझेको छु र चोटबाट निको हुन उनले सामना गरेका चुनौतीहरु छन् ।’

इंग्लिस क्लब लिभरपुलका पुर्व मिडफिल्डर कौटिन्होले प्रिमियर लिगमा फर्कदै राम्रो सुरुवात गरेका छन् । म्यानचेस्टर युनाइटेडसँग २–२ गोलको बराबरीको खेलमा एक गोल गर्दै प्रभाव छाडेका हुन् ।

ब्राजिलले फिफा विश्वकप कतार २०२२ मा आफ्नो स्थान सुरक्षित गरिसकेको छ, तर टिटेले आफ्ना केही मुख्य खेलाडीलाई विश्राम दिन चाहन्थे ।‘म आउँदो छनोट खेलमा खेलाडीहरुको परिक्षण गर्न चहान्छु । मलाई अझैपनि दबाब छ,’ टिटेले भने ।

टिटेले यो सिजन करिअरकै उच्च लयमा रहेका स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियस जुनियरसँगै राफिन्हा र म्याथिअस कुन्हालाई पनि टोलीमा समेटेका छन् ।

प्रकाशित : बिहिबार, माघ १३, २०७८२१:१४

ब्राजिलले सुरुवाती अग्रता जोगाउन सकेन, इक्वेडरले बराबरीमै रोक्यो !