एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले चिलीलाई पराजित गर्यो। चिलीलाई २–१ ले पराजित गर्नेक्रममा अर्जेन्टिनाका एन्जल डि मारिया र लाउटारो मार्टिनेजले गोल गर्दा चिलीका बेन बेरेन्टेनले गोल गरेका थिए।
शुक्रबार बिहान भएको खेलमा डि मारियाले शुरुवाती अवस्थामै अर्जेन्टिनाई अग्रता दिलाएका थिए। खेलको नवौं मिनेट नबित्दै उनले गोल गरेका थिए। उनले रोड्रिगो डि पउलको पासमा गोल गर्न सफल भएका थिए।
लियोनेल मेस्सीको अनुपस्थितिमा डि मारियाले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। पहिला राष्ट्रिय टोली देखि बाहिर रहेका डि मारिया जुन देखि पुनः राष्ट्रिय टोलीमा पर्न थालेका छन्। त्यसयता अर्जेन्टिनाका लागि उनले तीन गोल गरिसकेका छन्।
जितसँगै दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको १४ खेलबाट ३२ अंक पुगेको छ । अर्जेन्टिनाले कतार विश्वकपमा स्थान पक्का गरिसकेको छ । अर्जेन्टिनासँगको हारले चिलीको विश्वकपमा छनोट हुने सम्भावना कमजोर बनेको छ ।
चिली १५ खेलबाट १६ अंक जोडेर सातौं स्थानमा रहेको छ । टोली शीर्ष चारको उरुग्वेभन्दा ३ अंकले तथा प्ले अफ अर्थात पाँचौ स्थानको कोलम्वियासँग १ अंकले पछि छ । अब चिलीले छनोटको बाँकी खेलमा जित निकालेर मात्रै पुग्दैन । अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्नेछ ।
https://twitter.com/FootbaIlForYou/status/1486858859671003137/
🚨⚽️ | WHAT A GOAL FROM ANGEL DI MARIA! Chile 0 – 1 Argentina pic.twitter.com/Gt9unwuw6M
— Football For You (@FootbaIlForYou) January 28, 2022

