काठमाडौँ – कारोबार हुने साताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। साताका केहि दिन लगातार बढेर बिहिबार घटेको सुनको मूल्य शुक्रबार पनि घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ९ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९२ हजार ६ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ९ सय रुपैंयाँले नै घटेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९२ हजार १ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
यस साता सुनको मूल्य
यस साता छापावाला सुन ९२ हजार ६ सय देखि ९४ हजार ४ सय रुपैंयाँ सम्ममा कारोबार हुँदा तेजाबी सुन ९२ हजार १ सय देखि ९३ हजार ९ सय रुपैंयाँ सम्ममा कारोबार भयो।
सुन माघ ४ गते यताकै सस्तो
लगातार दुई दिन घटेसँगै सुन माघ ४ गते यताकै सस्तो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन १० दिन यताकै सस्तो भएको छ। माघ ४ गते पनि सुन आजकै मूल्यमा कारोबार भएको थियो।
चाँदीको मूल्य
आज सुन मात्र नभई चाँदीको पनि मूल्य घटेको छ। महासंघले दिएको जानकारी अनुसार आज चाँदीको मूल्य तोलामा रु २५ ले घटेको छ। नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ६५ रुपैंयाँमा कारोबार भैरहेको छ।