बार्सिलोना फिर्ता हुँदै ट्राओरे, फास्ट ट्रयाकबाट सम्झौता हुँदै !

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले प्रिमियर लिग क्लब वुल्भका स्पेनिस विंगर एडामा ट्राओरेलाई अनुबन्ध गर्ने तयारी गरेको छ। क्लबका प्रशिक्षक जाभी हर्नान्देजको आग्रहमा बार्सिलोनाले ट्राओरेलाई अनुबन्ध गर्ने तयारी गरेको हो।

विभिन्न स्पेनिस मिडियाहरुका अनुसार ट्राओरेलाई अनुबन्ध गर्नको लागि बार्सिलोनाले तिब्रताका साथ काम गरिरहेको छ। बार्सिलोनाले फास्टट्रयाकबाट ट्राओरेलाई अनुबन्ध चाहेको बताइन्छ।

वुल्भ्स र बार्सिलोना सहमति नजिक पुगिसकेको मिडियाहरु बताउँछन्। आउने केहि दिन भित्रै दुई पक्ष एक सहमतिमा पुगेको खबर आउन सक्ने चर्चा छ।

ट्राओरे पहिला पनि बार्सिलोनाबाट खेलिसकेका खेलाडी हुन्। उनले सन् २०१५ मा बार्सिलोना छाडेका थिए। युवा अवस्थामा बार्सिलोनाका लागि केहि खेल खेल्ने मौका पाएपनि उनलाई बार्सिलोनाले धेरै जस्तो प्रयोग गरेको थिएन।

तर प्रिमियर लिग पुगेपछि भने ट्राओरेले आफूलाई एक अब्बल विंगरको रुपमा विकसित गरेका छन्। सन् २०१८ देखि उनी वुल्भ्समा छन्। बार्सिलोनाले ट्राओरेलाई लोनमा ल्याउन लागेको बताइन्छ। सहमति हुन सकेको खण्डमा खरिद गर्न सकने विकल्प सहित ट्राओरे केहि दिन भित्रै बार्सिलोना आइपुग्नेछन्।

ट्राओरे माथि अन्य क्लबको पनि नजर छ। प्रिमियर लिगकै अन्य क्लबहरुले समेत नजर लगाएका कारण ट्राओरेका एजेन्ट जोर्गे मेन्डेसले बार्सिलोनालाई सक्दो छिटो निर्णय गर्न भनेका छन्।

प्रकाशित : शुक्रबार, माघ १४, २०७८१३:१७

रामोसले भने – ‘पिएसजी जानु अगाडी नै मेस्सी-नेयमारसँग कुरा गरेको थिएँ’