एजेन्सी – पेरिस सेन्ट-जर्मेन(पिएसजी)का स्टार फुटबलर नेयमारले आफ्नो ड्रिम ११ मा पूर्वसहकर्मी लुइस सुआरेजलाई बाहिर राखेका छन्। रियल म्याड्रिडबाट पाँच खेलाडीलाई ड्रिम ११ मा राखेका नेयमारले सुआरेजलाई भने बाहिर राखेका हुन्।
सन् २०१७ मा पिएसजी जानु अगाडी नेयमार चार वर्ष बार्सिलोनामा रहेका थिए। त्यसबेला उनले लियोनेल मेस्सी र सुआरेजसँग मिलेर तहल्का मच्चाएका थिए। मेस्सी, सुआरेज र नेयमार मिलेर बार्सिलोनालाई दुई लालिगा, एक च्याम्पियन्स लिग र ३ कोपा डेल रे उपाधि जितेका थिए।
बार्सिलोनाको सो सफलतामा तीनै जना खेलाडीको लगभग बराबर जस्तै भूमिका थियो। त्यसक्रममा बार्सिलोनाले ट्रेबल जितेको थियो। बार्सिलोना छाडेपनि बार्सिलोनालाई मनमा राखेका नेयमारले आफ्नो ड्रिम ११ मा सुआरेजलाई भने राखेनन्। त्यस्तै नेयमारले आफ्नो ड्रिम ११ मा क्रिस्टियानो रोनाल्डोलाई पनि राखेनन्।
नेयमारले आफ्नो ड्रिम ११ मा ५ रियल म्याड्रिड खेलाडी, ४ बार्सिलोना खेलाडी र दुई पिएसजीका सहकर्मीहरुलाई समावेश गरे। नेयमारको रोजाईमा पर्ने खेलाडीमा ७ जना ब्राजिलबाट छन्।
यस्तो छ नेयमार को ड्रिम ११
भिक्टर भाल्देस, ड्यानी अल्वेस, सर्जियो रामोस, थियागो सिल्भा, मार्सेलो, भिनिसियस जूनियर, काका, रोनाल्डिन्हो, रोबिन्हो, लियोनेल मेस्सी, किलियन एमबाप्पे

