एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलका भेट्रान मिडफिल्डर जेम्स मिल्नरले मोहम्मद सलाह धेरै नै विशेष खेलाडी रहेको बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा मिल्नरले सलाह धेरै नै विशेष खेलाडी रहेको र अहिले फुटबल करियरकै उत्कृष्ट लयमा रहेको बताएका हुन्।
सलाहसँग धेरै नै उत्कृष्ट तरिकाले गोल गर्ने क्षमता रहेको पनि मिल्नरले बताए। मिल्नरका अनुसार सलाहको गोल हेर्न उनलाई धेरै आनन्द लाग्छ। सलाहको प्रदर्शनमा एकरुपता रहेको र त्यसलाई सबैले सम्मान गर्नुपर्ने मिल्नरको भनाई छ।
“उनी विशेष छन्। उनले कहिलेकाहिँ धेरै नै उत्कृष्ट गोल गर्छन्। ती गोलहरु रोकिएर हेर्न र ताली दिन मन लाग्ने खालका हुन्छन्। सलाहको प्रदर्शनमा एकरुपता छ र उनी गोल मात्र गर्दैनन् असिस्ट पनि दिन्छन्।”,मिल्नरले भने।
अन्तर्वार्ताका क्रममा मिल्नरले सलाहको पछिल्लो फर्मले सबैलाई चकित बनाएको पनि बताए। जारी सिजनमा उच्च लयमा देखिएका सलाहको प्रदर्शनले धेरैलाई चकित बनाएको मिल्नरको बुझाई छ।
मिल्नरका अनुसार सलाह प्रशिक्षणमा पनि धेरै मिहिनेत गर्छन्। प्रशिक्षणमा मिहिनेत गर्ने भएकै कारण सलाह अहिलेको अवस्थामा रहेको मिल्नरले उल्लेख गरे। उनले भने,”सलाह प्रशिक्षणमा पनि धेरै मिहिनेत गर्छन्। उनीसँगै प्रशिक्षणमा सहभागी हुन पाउनु भाग्यको कुरा हो। मलाई थाहा छ प्रशिक्षणमा के कस्तो गर्छन्?”

