देवताको गुरु बृहस्पति देव अस्ताउँदै, यी राशिको जीवनमा आउनेछ अनेक समस्या: कुन-कुन ?

ज्योतिष शास्त्र अनुसार  कुनै पनि ग्रहको राशि परिवर्तन र अस्त-उदय हुँदा सबै राशिमा सकारात्मक तथा नकारात्मक प्रभव पर्ने हुन्छ । ज्योतिष शास्त्रमा वृस्पति देवलाई देवता हरुको गुरु मानिन्छ । फेब्रुअरी २२ तारिकमा बृहस्पति देव अस्ताउँदै छन् । बृहस्पति  देव यस अवस्थामा मार्च २३ सन २०२२ सम्म रहने छन् ।

 

देवताका गुरु बृहस्पति देव अस्ताउँदा सबै राशिमा शुभ-अशुभ प्रभाव पर्ने भए पनि ३ राशिका व्यक्तिले यस समयमा कठिनाइको सामना गर्नुपर्ने हुन सक्छ । जान्नुहोस् यी राशिका बारेमा । ज्योतिष शास्त्रमा बृहस्पति ग्रहलाई दाम्पत्य जीवन, धर्म-कर्म, सौभाग्य, ऐश्वर्य र समृद्धिको कारक ग्रह मानिन्छ । त्यसैले यस समयमा कुनै शुभ कार्य, विवाह र नामकरण गर्न अशुभ मानिन्छ ।

बृहस्पति देवको अस्तको यस अवधिमा कर्कट, धनु र मीन राशिका व्यक्तिलाई विभिन्न समस्या बढ्न सक्छ। यस्तो अवस्थामा यी राशिका व्यक्तिहरूले यस अवधिमा नयाँ काम सुरु गर्नबाट जोगिनु पर्छ। साथै वित्तीय लगानीबाट नगर्नु शुभ हुनेछ । यसका साथै कुनै पनि प्रकारको विवादबाट पनि टाढा रहनुपर्छ ।

 

बृहस्पति देव धनु र मीन राशिको स्वामी हुन् । त्यस्तै वृहस्पति देवलाई कर्कट राशिमा उच्च र मकर राशिमा नीच मानिन्छन्। यस बाहेक बृहस्पति देव २७ नक्षत्रमध्ये पूर्वा भाद्रपद, विशाखा र पुनर्वासुको स्वामी पनि हो। बृहस्पति देवको कृपाको कारण नै मानिस सत्यको मार्गमा मानिस हिँड्ने गर्दछ ।

प्रकाशित : बुधबार, माघ १९, २०७८१२:४६

३ दिनपछि सुरु हुनेछ यी ५ राशिको सुनौला दिन, १ महिनासम्म सुनझैँ चम्किनेछ भाग्य