भोलि परेको गणेश जयन्तीमा गर्नुहोस् यस्ता कार्य, सुख-समृद्धिले भरिनेछ घर !

हिन्दु धर्म अनुसार माघ शुक्ल चतुर्थीलाई गणेश जयन्तीका रुपमा मनाउने गरिन्छ । यस पटक गणेश चतुर्थी माघ २१ गते शुक्रबार परेको छ । यस दिनलाई विनायक चतुर्थी पनि भनिन्छ। धार्मिक मान्यता अनुसार यस दिनलाई भगवान गणेशको जन्म भएको मान्यता रहेको छ । गणेश जयन्तीमा भगवान गणेशको विशेष पूजा र मन्त्र जप गरेर उनलाई प्रसन्न गर्न सकिन्छ ।

यस दिन भगवान गणेशको पूजा गर्नु साथै उहाँलाई प्रसन्न गर्नको लागी विभिन्न विधिका अनुसार पूजा पाठ गर्ने प्रचलन रहेको छ । जान्नुहोस् गणेश जयन्तीमा भगवान गणेशलाई कस्तो उपायले प्रसन्न गर्न सकिन्छ ।

गणेश जयन्तीको दिन घरमा भगवान गणेश यन्त्रको स्थापना गर्नु धेरै शुभ मानिन्छ। यस कार्यबाट घरमा सुख र समृद्धि आउने विश्वास गरिन्छ । यसको साथै गणेश जयन्तीको दिन भगवान हात्तीलाई चार खुवाउनु निकै शुभ मानिन्छ । यस कार्यबाट भगवान गणेश प्रसन्न हुने र आशीर्वाद प्रदान गर्नु हुने मान्यता रहेको छ ।

 

यसका साथै यस दिन मुसालाई अन्न खुवाउनु पनि शुभ मानिन्छ । यसको साथै सम्भव भएसम्म मुसालाई खाना खुवाउनुहोस् । गणेश जयन्तीका दिन दानको विशेष महत्त्व छ । यस दिन दु:खमा परेकालाई अन्न कपडा दाङ गर्नु निकै शुभ मानिन्छ यस कार्यबाट भगवान गणेश प्रसन्न हुनुको साथै जिवनमा आएका बाधा-अड्चनहरू हट्ने मान्यता रहेको छ ।

 

गणेश जयन्तीको दिन गणेश पूजामा अक्षता र दुबो अर्पण गर्नुहोस्। गणपतिलाई यी दुई वस्तु चढाउँदा उहाँ प्रसन्न हुने जनविश्वास छ । गणेश जयन्तीमा भगवान गणेशलाई  लड्डु चढाउनुहोस् । साथै यस दिन गणेश स्तुति, गणेश चालिसा र कवच पठन गर्नु पनि शुभ मानिन्छ।

प्रकाशित : बिहिबार, माघ २०, २०७८१४:१८

फाल्गुण संक्रान्तिको दिन सूर्यले राशि परिवर्तन गर्ने : यी ५ राशिमाथि रहनेछ विशेष कृपा, हुनेछ जबरदस्त धन लाभ