च्याम्पियन्स लिगबाट पिएसजी आउट भए पोचेटिनोले राजीनामा दिने !

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले च्याम्पियन्स लिगमा निकै कठिन टोलीको सामना गर्दैछ। जारी सिजनमा उत्कृष्ट प्रदर्शन गरिरहेको रियल म्याड्रिडको सामना गर्न पिएसजीलाई त्यति सहज हुने छैन।

गएको कयौं वर्ष देखि च्याम्पियन्स लिग जित्ने पिएसजीको सपनामा रियल बाधक बन्न सक्छ। लियोनेल मेस्सी, किलियन एम्बाप्पे र नेयमार जस्तै विश्वस्तरीय खेलाडी भएरपनि पिएसजीले त्यति उत्कृष्ट प्रदर्शन गर्न सकिरहेको छैन। एक हिसाबले भन्ने हो भने यी तीन खेलाडी बीच राम्रो तालमेल नै मिलिसकेको छैन।

पिएसजीको टीमलाई सहि बाटो देखाउन प्रशिक्षक माउरिसियो पोचेटिनो समेत संघर्ष गरिरहेका छन्। पोचेटिनो पिएसजीको वास्तविक क्षमतालाई मैदानमा उतार्न सकिरहेका छैनन्। पोचेटिनो पिएसजीमा सन्तुष्ट पनि छैनन्। उनलाई पिएसजीको व्यवस्थापकीय पक्ष त्यति चित्त बुझिरहेको छैन।

गएको केहि समय देखि पोचेटिनोले पिएसजी छाड्ने चर्चा चलिरहेको छ। विभिन्न खबरलाई मान्ने हो भने पोचेटिनोले आउने केहि समयमै प्रशिक्षकबाट राजीनामा दिन सक्छन्। यस सिजनको अन्त्य सम्म उनी पिएसजीमै रहने भनिएपनि उनले च्याम्पियन्स लिगको नतिजाको आधारमा आफ्नो भविष्य बारे निर्णय गर्ने बताइन्छ।

च्याम्पियन्स लिगमा रियल म्याड्रिडसँग हर बेहोरेको खण्डमा उनले राजीनामा दिने फ्रेन्च मिडियाहरु बताउँछन्। पिएसजीलाई च्याम्पियन लिगमा अगाडी बढाउन नकसेको खण्डमा उनले तुरुन्तै राजीनामा दिने धेरैको अनुमान छ।

प्रकाशित : शुक्रबार, माघ २१, २०७८१४:५४

क्लब फुटबलमा मेस्सी-रोनाल्डो नभई यी रहेछन् फ्री किकका राजा ! [सूची सहित]