पिके भन्छन् – “बालोन डी’ओर जित्ने भए एम्बाप्पे भएको क्लबमा हालाण्ड जानु हुँदैन”

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले नर्वेली युवा स्टार एर्लिङ्ग हालाण्डलाई क्लब छान्ने बेला सोच बिचार गर्न सुझाव दिएका छन्। ट्विचमा एक स्ट्रिमरसँग कुराकानी गर्नेक्रममा पिकेले हालाण्डलाई बोरुसिया डर्टमण्ड छाड्दा सोच बिचार गरेर मात्र क्लब छान्न सुझाव दिएका हुन्।

हालाण्डको विषयमा कुराकानी गर्दा पिकेले हालाण्ड किलियन एम्बाप्पे भएको क्लबमा जान नहुने बताए। पिकेका अनुसार हालाण्डले बालोन डी’ओर जित्नको लागि एम्बाप्पे भन्दा फरक क्लबमा जानुपर्ने हुन्छ। आफू हालाण्डको ठाउँमा भएको भए कुनै पनि हालतमा एम्बाप्पे भएको क्लबमा नजनें पिकेको भनाई छ।

“यदि म हालाण्डको ठाउँमा थिएँ र म बालोन डी’ओर जित्न चाहन्थें भने म कुनै पनि हालतमा किलियन एम्बाप्पे भएको क्लबमा जाँदैनथें।”,पिकेले आफ्नो धारणा राख्न्दै भने।

हालाण्डलाई लिएर बार्सिलोनाको चासो

हालाण्डलाई भित्र्याउने बार्सिलोनाको चाहना बारे सबैलाई थाहा भइसकेको छ। हालाण्डलाई आउने ट्रान्सफर विन्डोमा जसरी पनि भित्र्याउने बार्सिलोनाको योजना रहेको छ। आर्थिक संकटक बाबजुत हालाण्डलाई भित्र्याउने योजनामा बार्सिलोना जुटिसकेको छ। त्यसको लागि बार्सिलोना अहिले देखि नै आर्थिक रुपमा व्यवस्थापन मिलाउन जुटेको छ।

बार्सिलोनाको सो योजना अनुरुप नै पिकेको सो सुझाव आएको अनुमान लगाउन सकिन्छ। पेरिस सेन्ट जर्मेन(पिएसजी)का युवा स्टार किलियन एम्बाप्पे रियल म्याड्रिड आउने लगभग पक्का जस्तै भइसकेको छ। यस्तोमा बार्सिलोना र पिके दुवै हालाण्डलाई देख्न चाहन्छन् भन्न सकिन्छ।

प्रकाशित : शुक्रबार, माघ २१, २०७८१७:१०

रामोस फुटबलबाट सन्यास लिन बाध्य हुन सक्ने, यस्तो आयो डाक्टरको भनाई !