जाल्पा लघुवित्तको आईपीओमा पहिलो दिनमै १५ गुणा बढी आवेदन !

काठमाडौं । जाल्पा लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ)मा पहिलो दिनमै १५ गुणाभन्दा बढी आवेदन परेको छ । सो आईपीओमा एक मिनेटमा करिव तीन हजारले आवेदन दिएको पाइएको छ । सीडीएस एन्ड क्लिएरिङ लिमिटेड (सडीएसी)का अनुसार शुक्रबारदेखि आवेदन खुला भएको यो आईपीओमा आधा घण्टामा ८० हजारसम्मले आवेदन दिएका छन् । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

शुक्रबार सीडीएसीले तयार पारेको मेरो सेयरको सिस्टम नखुलेर कतिपयले आईपीओमा आवेदन दिन पाएनन् । विशेष गरी गाउँमा डाटा लिएर आईपीओ भनेहरूलाई मार परेको छ । डाटा प्रयोग गरी आईपीओ भर्दै आएका काभ्रेका केशव सत्यालले आईपीओ भर्न समस्या पेरेको जानकारी दिए । उनले सधंै मोबाइबाट डाटा लिएर आईपीओ भर्दैै आएका छन् ।

अरू बेला डाटाबाटै आईपीओमा आवेदन दिँदा सहज रूपमा आवेदन दिन सकिने भए पनि योपटक उनलाई समस्या परेको छ । ‘लामो समयपछि खुलेको आईपीओमा आवेदन दिन डाटा प्रयोग गर्दा डाटा सकियो आईपीओमा आवेदन दिन सकिएन् । यो कस्तो सिस्टम हो ? जति प्रयास गर्दा पनि सहज रूपमा मेरो सेयरको वेबसाइट खुल्दैन । पहिले पनि यस्ता समस्या त आउने गरेका थिए । तर, यो पटकको आईपीओ भर्दा सारै नै दुःख पाइयो । डाटा सकियो आवेदन दिन सकिएन,’ उनले भने ।

त्यस्तै, कहिलेकाहीँ बैंकमा पैसा नभई आवेदन दिँदा पछि रिजेक्ट आउने गरेकोमा पनि उनको गुनासो छ । यो व्यवस्थामा सूचना तत्कालै थाहा हुनुपर्ने उनको भनाइ छ । सरकारी कामकाजमा प्रयोग भएका सरबर कम क्षमताका हुुने भएकाले सहज रूपमा आफ्नो आवश्यकताअनुसारको काम नभएको उनको गुनासो छ । त्यस्तै, दोस्रो बजारमा धितो राखिने पैसाको औचित्य नभएको उनको भनाई छ । यसलाई सेयर किन्नेबित्तिकै बैंकबाट नै पैसा काट्ने व्यवस्था गरिदिए सबैलाई सहज हुने उनले बताए ।

तर, सरबरको क्षमता जतिले आवेदन दिए पनि धान्न सक्ने रहेको आचार्य बताउँछन् । ‘अहिले धेरैले एकैपटक आवेदन दिँदा समस्या आयो होला । हाम्रो सिस्टमको क्षमता जतिले आवेदन दिए पनि धान्न सक्ने छ,’ उनले भने ।

पछिल्लो समय डिम्याट खाता खोल्ने संख्या बढेसँगै आईपीओ भर्नेको संख्यामा पनि चाप बढेको छ । सीडीएससीका अनुसार माघ २० गतेको तथ्यांकअनुसार डिम्याट खाता खोल्नेको संख्या ४८ लाख ३० हजार ४सय ७५ पुगेको छ । करिब ६ महिना पछि खुलेको साधारण सेयर (आईपीओ)मा सर्वसाधारणको आकर्षण देखिएको हो ।

सेयर बजारको सम्पूर्ण तथ्यांक राख्ने निकाय सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार साझ ६ बजेसम्म करिब ६ लाख आवेदकहरूबाट ८३ करोड १२ लाख रुपैयाँ बराबरको ८३ लाख १२ हजार कित्ता सेयरका लागि आवेदन परेको छ । यो माग गरिएको आवेदन भन्दा १५ गुणा बढी हो ।

प्रकाशित : शनिबार, माघ २२, २०७८०९:१५

एमसिसीको विषयमा रावलको दोहोरो चरित्र !