हालान्डलाई बार्सिलोना आउन पिकेको निम्तो !

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका भेट्रान डिफेन्डर जेरार्ड पिकेले नर्वेजियन युवा स्टार एर्लिङ ब्राउट हालान्डलाई क्याटलान क्लबमा आबद्ध हुन सुझाव दिएका छन् ।

प्रतिद्वन्द्वी क्लब रियल म्याड्रिडको नजरमा रहेका बोरुसिया डर्टमुन्डका हालान्डलाई बार्सिलोनाका पिकेले हालान्डलाई बालोन डी‘ओर जित्ने चाहना भए रियलको प्रस्ताव अस्वीकार गरेर क्याप नोउ आउन सुझाव दिएका हुन् । पछिल्लो समय रियल युवा स्टारद्धय हालान्ड र फ्रान्सेली स्टार किलियन एमबाप्पे भित्र्याउने योजनामा छ ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट आगामी सिजन एमबाप्पे अनुबन्ध गर्ने योजनामा रहेको रियलले जर्मन लिग खेलिरहेका हालान्डमाथि पनि नजर लगाइरहेको छ ।

‘यदि, म हालान्ड हुन्थेँ भने म बालोन डी‘ओर जित्न हरसम्भव कोसिस गर्थेँ,’ उनले भने, ‘यसैले पनि मैले एमबाप्पे हुने क्लबलाई प्राथमिकता दिने थिइनँ ।’ हालान्डले रियललाई नभएर बार्सिलोनालाई प्राथमिकतामा राख्नु पर्ने पिकेको सुझाव छ । एमबाप्पे भएकै क्लबबाट हालान्डलाई बालोन डी‘ओर जित्न कठिन हुने बताउँदै पिकेले बार्सिलोना नै प्राथमिकतामा राख्न सुझाए ।

सन् २०१९–२० को सिजनमा अष्ट्रियन क्लब रेडबुल साल्जवर्गबाट डर्टमुन्ड आएका २१ वर्षीय हालान्डले अहिलेसम्म ७९ खेलमा ८० गोल गरेका छन् । नर्वेका लागि १५ खेलमा १२ अन्तर्राष्ट्रिय गोल गर्दै गोल मेसिनको रुपमा उभिएका छन् ।

बार्सिलोना फिनिसर फरवार्डको खोजीमा रहेको छ । तर, बार्सिलोनाले यसै विन्टरमा फेरान टोरेस, एडमा ट्राओरे र पिएरे एमेरिक औवामियाङ जस्ता फरवार्डलाई अनुबन्ध गरिसकेको छ । सोही कारण बार्सिलोनाको अनुबन्ध हुने सम्भावना न्यून रहेको छ ।

प्रकाशित : शनिबार, माघ २२, २०७८०९:३६

जब तम्सेर अगाडी गएका रोनाल्डोले पेनाल्टीमा हावा खाए …[भिडियो सहित]