घरमा लगाउनुहोस् यी ५ विरुवा, सधैं हुनेछ माता लक्ष्मीको बास !

वास्तुशास्त्रको दृष्टिकोणले विरुवालाई शुभ मानिन्छ। वास्तुशास्त्रका अनुसार कतिपय विरुवाले घरको वातावरणलाई शुद्ध पार्नुका साथै सकारात्मक उर्जाको संचार गर्दछ। वास्तुशास्त्र अनुसार केही  विरुवा रोप्दा घरमा लक्ष्मीको वास हुन्छ। यसका साथै परिवारमा आर्थिक समृद्धि पनि आउँछ। यस्तो अवस्थामा यो जानौं कि घरमा कुन-कुन ५ विरुवा रोप्दा लक्ष्मीको आगमन हुन्छ।

बेसार 

घरमा बेसारको विरुवा लगाउनु शुभ मानिन्छ। यो विरुवा रोप्नको लागि पूर्व वा उत्तर-पूर्व दिशा शुभ मानिन्छ। यो विरुवा घरमा रोपेर नियमित पूजा गर्नाले मनोकामना पूरा हुने विश्वास रहेको छ।

क्रसुला 

क्रसुलालाई धनको बोट पनि भनिन्छ। वास्तुशास्त्रका अनुसार घरमा यस विरुवा लगाउनाले धनसम्बन्धमा कुनै समस्या आउँदैन। क्रसुला घरको प्रवेशद्वार भित्र राख्नुपर्छ। साथै, यसलाई घाम वा छायामा जहाँ पनि रोप्न सकिन्छ।

तुलसी 

तुलसीको बोटमा लक्ष्मीको वास हुन्छ। दैनिक तुलसीको विरुवाको पूजा गर्नाले घरमा सुख-समृद्धि आउँछ। यसका साथै माता लक्ष्मीको विशेष आशीर्वाद पनि प्राप्त हुन्छ।

शमी 

शमीको बोटमा शनिदेवको वास हुन्छ। यही कारण धेरैजसो घरमा यो विरुवा लगाइन्छ। यसलाई घरको मुख्य ढोकाको देब्रेपट्टि पूर्व दिशामा राख्नुपर्छ। शमीको विरुवा घरमा लगाउनाले रोजगारी सम्बन्धि समस्या हट्छ।

बाँस 

बाँसको बोटलाई सुख र समृद्धिको लागि राम्रो मानिन्छ। सानो आकारको बाँसको विरुवालाई रातो धागोले बाँधेर उत्तर दिशामा रोप्नु पर्छ। वास्तुका अनुसार बाँसको बोट रोप्दा आर्थिक उन्नति हुन्छ।

प्रकाशित : आइतबार, माघ २३, २०७८१३:२४

महान् ग्रह सूर्यको अत्यन्त ठूलो परिवर्तन: यी ४ राशिको खुल्नेछ भाग्य, हुनेछ धनको वर्षा !