देउवा-प्रचण्डलाई एमसीसी मुख्यालयको अल्टिमेटम- २९ फेब्रुअरीसम्म एमसीसी पास गर्नुस् [पत्रसहित]

काठमाडौंः अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को मुख्य कार्यालयले गत सेप्टेम्बरमा एक गोप्य पत्र मार्फत प्रतिबद्धता गरे अनुसार एमसीसी पास गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेको छ।

फेब्रुअरी ३ मा एमसीसी मुख्यालयले संयुक्तरुपमा प्रधानमन्त्री देउवा र अध्यक्ष दाहाललाई पत्र पठाउँदै अमेरिकाको वासिङ्टन डिसीस्थित एमसीसी मुख्यालयले पत्र पठाउँदै प्रतिबद्धताअनुसार एमसीसी पारित गर्न आग्रह गरेको हो। उक्त पत्रमा सन् २०२२, फेब्रुअरी २८ भित्रमा एमसीसी मुख्यालयसँग प्रतिबद्धता गरे अनुसार एमसीसी पारित गर्न देउवा र प्रचण्डलाई आग्रह गरेको उल्लेख छ।

“तपाईँहरुले सेप्टेम्बर २९ मा एमसीसी पास गर्ने समय थप गर्न पठाएको लिखित पत्रको बारेमा सकरात्मक हुँदै हामीले म्याद दिएका हौं, अब गठबन्धन दल र संसदलाई समयसीमा भित्रनै एमसीसी पारित गर्न आमी आग्रह गर्दछौं,” पत्रमा उल्लेख गरिएको छ। सो समयसम्म संसदमा एमसीसी पारित नभएको खण्डमा आगामी मार्चमा बस्ने एमसीसी बोर्डको बैठकले यसको निरन्तरताबारे आगामी कदम चाल्ने पनि पत्रमा उल्लेख गरिएको छ।

यदि एमसीसी संसद्बाट पारित नभए ५ सय मिलियन डलर बराबरको अनुदान सहयोगलाई खारेज गर्ने अधिकार बोर्डसँग रहेको र बोर्डले सो निर्णय गरे नेपालसँग एमसीसीको सहकार्य अन्त्य हुने उक्त पत्रमा प्रष्ट पारिएको छ।

प्रकाशित : आइतबार, माघ २३, २०७८१६:०८

लमजुङ केन्द्र विन्दु भएर भूकम्पको धक्का !