एकाएक लाइनमा आयो बार्सिलोना, एट्लेटिकोलाई नमिठो हार चखायो !

एजेन्सी – बार्सिलोनाले ला लिगामा आइतबार एट्लेटिको म्याड्रिडमाथि ४–२ को सानदार जित निकाल्दै अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । नोभेम्बरपछि बार्सिलोनाले ला लिगामा लगातार दोस्रो जित निकाल्ने क्रममा एट्लेटिकोलाई हराएको हो ।

यद्दपी बार्सिलोना पछिल्लो ६ खेलमा अपराजित रहेको छ । एकरुपताको प्रदर्शन गर्नबाट चुकेपछि एट्लेटिकोले पछिल्ला तीन खेलमा २ जित निकालेको थियो । बार्सिलोनाको जितमा डानी आल्भेस केन्द्रमा रहे । एक गोल गरेका उनले एक एसिस्ट गरेका थिए । तर उनले रातो कार्डको पनि सामना गर्नुपरेको थियो । १० खेलाडीमा सिमित रहँदै बार्सिलोनाले खेलको अन्तय गरेको थियो ।

खेलको आठौं मिनेटमा यानिक कारास्कोको गोलबाट एट्लेटिकोले अग्रता लिएको थियो । तर त्यो अग्रता लामो समय रहन सकने । जोर्डी अल्बाले १० औं मिनेटमा बराबरी गोल फर्काए । २१ औं मिनेटमा गाभीको गोलबाट बार्सिलोनाले अग्रता बनायो । पहिलो हाफका लागि २ मिनेट बाँकी रहँदा रोनाल्डो अरुजोले गोल गरेपछि बार्सिलोना ३–१ ले अगाडि लागेको थियो ।

४९ औं मिनेटमा आल्भेसको गोल बार्सिलोनाको अग्रता ४–१ बनेका थियो । एट्लेटिकोका लुइस सुआरेजले ५८ औं मिनेटमा गोल फर्काउदा खेलमा ४–२ को स्थिति बनेको थियो । आल्भेसले ६९ औं मिनेटमा रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो । २२ खेलमा बार्सिलोनाको ३८ अंक पुगेको छ । पाँचौ स्थानको एट्लेटिकोको ३६ अंक छ ।

प्रकाशित : सोमबार, माघ २४, २०७८१०:४१

एट्लेटिकोलाई हराएपछि जाभी मख्ख परे, खुशी हुँदै यसो भने !