मेस्सी र एम्बाप्पेले धम्काए रियल म्याड्रिडलाई, देखाए राजा को भनेर !

विगत केही दिनमा मौरिसियो पोचेटिनोको पीएसजीमा भविष्यको बारेमा धेरै अनुमानहरू नकारात्मक भए पनि आइतबार साँझ लिल विरुद्ध ५-१ को सहज जीतसँगै अर्जेन्टिनाबाट केही दबाब भने हटेको छ।

यो पेरिसियन क्लबको लागि लिलसँग बदला लिने सही मौका थियो, जसले गत सिजन लिग १ च्याम्पियनशिप पीएसजीको हातबाट फुत्काएको थियो, तर वास्तवमा यो खेल प्रतिस्पर्धीत भन्दा निकै परको भयो।

भिलेुनएभमा आइतबार राति भएको खेलको १०औं मिनेटमा ड्यानिलो पेरेइराको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो। २८औं मिनेटमा स्भेन बोटमानले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।

३२औं मिनेटमा प्रेसनेल किमपेम्वेले मेस्सीको पासमा गोल गर्दै पिएसजीलाई २–१ को अग्रता दिलाए। ३८औं मिनेटमा मेस्सीले नै गोल गर्दै पिएसजीलाई पहिलो हाफमा ३–१ ले अघि बढाए। लिग वानमा पिएसजीका लागि यो मेस्सीको दोस्रो गोल हो। उनले समग्रमा १८ खेल खेल्दा ६ गोल गरिसकेका छन्।

५१औं मिनेटमा पेरेइराले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै पिएसजीलाई फराकिलो जिततर्फ अग्रसर गराए। उनले लियान्द्रो ड्यानियल पारेडेसको पासमा गोल गर्न सफल भएका थिए। ६७औं मिनेटमा केलियन एमबाप्पेले मार्काे भेराट्टीको पासमा गोल गर्दै पिएसजीलाई ५–१ को सानदार जित दिलाए।

यो सानदार जितसँगै पिएसजीले शीर्षस्थानमा १३ अंकको स्पष्ट अग्रता बनाएको छ। पिएसजीको २३ खेलबाट ५६ अंक पुगेको समान खेलबाटै दोस्रो स्थानमा रहेको मार्सेको ४३ अंक छ। पराजित लिल ३२ अंक जोडेर ११औं स्थानमा रहेको छ। उत्कृष्ट टोली रहेको पीएसजीले यस सिजन घरेलु लिगमा राज गर्ने सबैले अनुमान गरेका थिए। तर पेरिस क्लबको असली परिक्षा भने अर्को हप्ता च्याम्पियन्स लिगमा रियल म्याड्रिड विरुद्ध हुनेछ।

यस उत्कृष्ट जीतसँगै पीएसजीले आफूसँग रियल म्याड्रिडलाई पराजित गर्ने पूर्ण असला भएको देखाउन सफल भएको छ। सिजनको मध्यसम्म आउँदा पनि आफ्नो स्तरको खेल भने पीएसजीले अहिलेसम्म देखाउन सकेको छैन, जसको कारण पनि धेरैले च्याम्पियन्स लिग अन्तिम १६ को खेलमा रियल म्याड्रिड बलियो रहेको विश्वास गर्दौ आएका छन्।

प्रकाशित : सोमबार, माघ २४, २०७८१२:२८

एट्लेटिकोलाई हराएपछि पिकेको घमण्ड बढ्यो, भने – ‘अब जसलाई पनि हराउँछौँ’