एट्लेटिकोलाई हराएपछि पिकेको घमण्ड बढ्यो, भने – ‘अब जसलाई पनि हराउँछौँ’

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले आफूहरु जुनसुकै टीमसँग पनि प्रतिष्पर्धा गर्न तयार रहेको बताएका छन्। आइतबार राति लालिगामा एट्लेटिको म्याड्रिडलाई ४-२ को गोल अन्तरले पराजित गरेपछि पिकेले बार्सिलोना जुनसुकै टोलीसँग पनि प्रतिष्पर्धा गर्न तयार रहेको बताएका हुन्।

पिकेले बार्सिलोनाको खेलमा सुधार भइरहेको र त्यो धेरै राम्रो संकेत रहेको बताए। पिकेका अनुसार एट्लेटिको विरुद्धको खेलमा बार्सिलोना जित्नै पर्ने दबावमा थियो। सो खेल जितेपछि दबाव केहि कम भएको पिकेको भनाई छ।

“एट्लेटिको विरुद्धको खेलमा जित निकाल्नै पर्ने थियो र हामीले जित निकाल्यौं पनि। टोलीमा निरन्तर सुधार भइरहेको छ। हामी आत्मविश्वासी भएर राम्रो खेल्ने प्रयासमा छौँ।”,पिकेले भने।

एट्लेटिको विरुद्धको खेलमा बार्सिलोनाले सबै पक्षमा सुधारको छनक देखाएको पिकेले बताए। बलमा नियन्त्रण राख्ने देखि अवसर सिर्जना गर्ने सम्ममा बार्सिलोनाको टीमले प्रगति गरेको पिकेको भनाई छ।

उनले भने,”हामीलाई विश्वास छ कि हामी कसैलाई हराउन सक्छौं र सबैसँग प्रतिस्पर्धा गर्न सक्छौं। यो धेरै राम्रो संकेत हो। हामी अब अर्को खेलको लागि केन्द्रित हुन्छौं।”

एट्लेटिको विरुद्धको खेलमा जित निकालेसँगै बार्सिलोना शिर्ष चारमा उक्लिएको छ। बार्सिलोनाले सिजनका २२ खेल खेल्दा १० खेलमा जित निकालेको छ भने ४ खेलमा हार बेहोरेको छ। ३८ अंक बनाएको बार्सिलोना शिर्ष स्थानको रियल म्याड्रिड भन्दा १५ अंकले पछाडी छ।

प्रकाशित : सोमबार, माघ २४, २०७८१२:३९

भविष्य बारे एम्बाप्पे भन्छन्-‘म रियलसँग बोल्दिन, पहिला ब्याण्ड बजाउँछु अनि सोचौंला’