आजबाट ‘भ्यालेन्टाइन वीक’ सुरु : १२ मध्ये यी राशिको जातकमाथि हुनेछ प्रेमको वर्षात्, बढ्नेछ का;-मु’*_कता

काठमाडौँ : आज फेब्रुअरी ७ बाट प्रेमको सप्ताह सुरु भएको छ। प्रेमी-प्रेमिकाहरु भ्यालेन्टाइन डेको तयारीमा जोडतोडले लागेका छन्। ज्‍योतिषाचार्यका अनुसार आज ७ फेब्रुअरी देखि १४ फेब्रुअरीसम्मको समयमा कुन राशिमाथि प्रेमको वर्षात् हुनेछ त ? साथै १२ वटै राशिहरुका लागि यो सप्ताह प्रेम र सम्बन्धको मामिलामा कस्तो रहला त ?

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

वैवाहिक जीवनमा तपाईको का;-मु’_*कताले जीवनसाथीलाई केही असहज महसुस गर्नेछ। दुवै सँगै बसेर मनको कुरा गरे प्रेम प्रगाढ हुनेछ। शरीरको भन्दा हृदय छुने प्रयास गर्नुहोस्। दाम्पत्य जीवनका आन्तरिक कुराहरू अरू कसैलाई नभन्नुहोस्, अन्यथा तपाई जीवनसाथीको घृणाको पात्र बन्न सक्नुहुन्छ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

तपाईको भित्री प्रेमी पत्ता लगाउन यो साता उपयुक्त छ। घरपरिवारमा कुनै विवादका कारण तपाईको मन कुण्ठित हुनेछ। तपाईको प्रेम कति प्रगाढ छ त्यसको निर्णय साताको अन्त्यमा हुनेछ। राहुको नकारात्मकताबाट बच्दै आफ्नो जीवनसाथीलाई विश्वास गर्नुभयो भने सबै समस्या स्वतः समाप्त हुनेछन् ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

जीवनसाथीबाट शुभ समाचार प्राप्त गर्नुहुनेछ। साताको मध्यतिर केही पुराना झगडाहरुको समाधान निस्किनेछ, जसकारण सम्बन्ध अझ प्रगाढ हुनेछ। जीवनसाथीसँग वादविवाद हुनसक्छ तर यसले खासै हानी नोक्सानी गर्नेछैन।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

जसले मुश्किल घडीमा सहयोग गर्नेछ उहीँ तपाईको जीवनसाथी बन्नेछ। प्रेम विवाहको योग बनेको छ, त्यसैले प्रेमीलाई आफ्नो मनको कुरा खोल्नुहोला। यदि विवाहित हुनुहुन्छ भने तपाईको प्रेम पुनर्जीवित हुनेछ र तपाईको वैवाहिक जीवन सुखद् बन्नेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

तपाईको जीवन कोहीँ अपरिचित आएर खुशीको चमक भर्नेछ। यदि तपाईको जीवनसाथीले तपाईको आवश्यकतालाई बुझिरहेको छैन भने आफ्नो मनको कुरा निर्धक्क राख्नुहोला।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

अविवाहित हुनुहुन्छ भने साताको अन्त्यमा विशेष व्यक्तिलाई भेट्नुहुनेछ। वैवाहिक जीवन केही तनावपूर्ण रहनेछ। कुनै रोमान्टिक ठाउँमा घुमफिरको अवसर पाउनुहुनेछ। रिसमा नियन्त्रण गर्नुहोला, अन्यथा यो हप्ता सम्बन्ध टुट्न सक्छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

कसैलाई प्रेम गर्नुहुन्छ भने अहिले आफ्नो मनको कुरा नभन्दा राम्रो हुन्छ, अन्यथा निराशा हात लाग्नेछ। विवाहित हुनुहुन्छ भने सँगै समय बिताउनुहोस्। कतै घुम्न जाने योजना बन्न सक्छ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

यो हप्ता पुराना विवादहरुको समाधान हुनेछ। प्रेमी-प्रेमिका वैवाहिक बन्धनमा बाँधिन् सक्छन्। व्यस्तताका कारण जीवनसाथीलाई धेरै समय दिन सक्नुहुनेछैन, तर साताको अन्त्यमा केही शुभ समाचारले तपाईको मन फुरुङ्ग हुनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

मजाकको जञ्जाल बन्न सक्छः। छिमेकी या आफन्तले तपाईहरु दुई बीच दरार सिर्जना गर्ने प्रयास गर्नेछन्। आफ्नो मनको कुरा खुलेर आफ्नो जीवनसाथीलाई बताउनुहोला।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

कामको व्यस्तताका कारण जीवनसाथीलाई धेरै समय दिन सक्नुहुने छैन, जसका कारण सम्बन्धमा दुरी सिर्जना हुनेछ। साताको अन्त्यमा कतै घुम्न जाने योजना बनाउनुहुनेछ, जसले सम्बन्धमा सुधार आउनेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

यो साता तपाई प्रेममा नमज्जाले डुब्नुहुनेछ। जीवनसाथीबाट कुनै उपहार पाउनुहुनेछ, जसले तपाईको मन चङ्गा बनाउनेछ। साताको मध्यमा कसैको कारण तपाईको सम्बन्धमा क्लेश आउन सक्छ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

यो साता तपाई अलि बढी नै भावुक रहनुहुनेछ। भावुकतामा बहेर मनमा लागेका सबै कुराहरु नखोल्नुहोला, नत्र पछुताउनुहोला। पुराना समस्या समाप्त हुनेछ र तपाईको जीवनसाथीको स्वास्थ्यमा पनि सुधार आउनेछ।

प्रकाशित : सोमबार, माघ २४, २०७८१४:२६

यी ४ राशिलाई निकै अशुभ भ्यालेन्टाइन वीक: ब्रेक-अप समेत हुनसक्छ !