हालाण्डसँगै खेल्ने खेलाडीले पनि भने – ‘हालाण्ड भन्दा एम्बाप्पे नै उत्कृष्ट’

एजेन्सी – बोरुसिया डर्टमण्डका फुल ब्याक थोमस म्युनियरले प्राविधिक रुपमा एर्लिङ हालाण्ड भन्दा किलियन एम्बाप्पे राम्रो खेलाडी रहेको बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा म्युनियरले हालाण्ड भन्दा एम्बाप्पे प्राविधिक रुपमा राम्रो रहेको बताएका हुन्।

ले इक्विपसँग कुराकानी गर्दै म्युनियरले हालाण्ड र एम्बाप्पे दुई भिन्न-भिन्न शैली भएका खेलाडी रहेको बताए। हालाण्डसँगै डर्टमण्डमा खेलिरहेका म्युनियरले त्यसक्रममा दुई बीच केहि समानता रहेको पनि बताए। म्युनियरका अनुसार हालाण्ड र एम्बाप्पे विस्फोटकता, गति, जम्प गर्ने क्षमता, सहनशीलता जस्ता कुराहरुमा उस्तै-उस्तै छन्।

“एम्बाप्पे र हालाण्डको छुट्टा-छुट्टै शैली छ। यी दुई फुटबलर मात्र होइनन्। तर धेरै कुराहरुमा यी दुई खेलाडी समान पनि छन्। विस्फोटकता, गति, जम्प गर्ने क्षमता, सहनशीलता जस्ता कुराहरुमा यी दुई खेलाडी उस्तै छन्। साथै दुवै जना दुवै खुट्टाले पनि खेल्न सक्छन्।”,म्युनियरले भने।

एम्बाप्पेमा हालाण्ड भन्दा केहि बढी विशेषता रहेको पनि म्युनियरले बताए। एम्बाप्पेमा ब्राजिलियन रोनाल्डो, थियरी हेनरी जस्ता खेलाडीको जस्तै विशेषता एम्बाप्पेमा रहेको म्युनियरको भनाई छ।

उनले भने,”दुवै खेलाडी धेरै राम्रो छन्। तर एम्बाप्पेमा अलि बढी क्षमता छ। एम्बाप्पेमा पनि ब्राजिलियन रोनाल्डो, थियरी हेनरीमा जस्तै विशेषताहरु छन्। साँचै भन्नु पर्दा एम्बाप्पे फुटबल लिजेन्ड बन्न सक्छन्।”

प्रकाशित : सोमबार, माघ २४, २०७८१५:१५

ट्राओरेको प्रदर्शनले देखेर जाभीले भने – ‘ट्राओरे विस्ट,मोन्स्टर हुन्’