शाहरुख खनाले लता मंगेशकरको पार्थिव शरीरमा थुके ? व्यापक ट्रोल हुँदै !

गायिका लता मंगेशकरको हिजो मुम्बईमा पूर्ण राजकीय  सम्मानको साथमा अ-न्त्ये-ष्टि भएको छ। गायिकाको श्रद्धाञ्जलीमा बलिउडका चर्चित कलाकार उपस्थित भएका थिए। त्यस क्रममा जावेद अख्तर, शाहरुख खान, सचिन तेन्दुलकर, रणवीर कपूर, श्रद्धा कपूर, शंकर महादेवन जस्ता दिग्गज कलाकार गायिकाको श्रद्धाञ्जलीमा उपस्थित भएका थिए।


गायिकाको श्रद्धाञ्जलीको क्रमका केही तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन्। यसै क्रममा शाहरुख खानको नाममा सामाजिक सञ्जालमा विवाद उत्पन्न भएको छ। शाहरुख आज बिहानैदेखि सामाजिक सञ्जालमा ट्रोल भइरहेका छन्। अहिले सामाजिक सञ्जालमा बलिउड अभिनेता शाहरुख खानलाई एक अपमानजनक आरोप लगाएको छ।

अहिले केही सामाजिक सञ्जाल प्रयोग कर्ताले शाहरुख खानलाई गायिकाको अ-न्त्ये-ष्टिमा थुकेर श्रद्धाञ्जली दिएको आरोप लगाएका छन्। त्यस्तै अर्को तर्फका मानिसको भनाइ रहेको छ की अभिनेताले श्रद्धाञ्जली सकिएपछी फुकेका थिए। अहिले अभिनेतालाई वास्तविकता बिना नै केही मानिस सामाजिक सञ्जालमा ट्रोल गरिरहेका छन्।

लता मंगेशकरलाई श्रद्धाञ्जली अभिनेता शाहरुख खानले इस्लामिक अनुष्ठानबाट दुवै हात फैलाएर फातिहा पढ्दै गरेको देखिएको थियो। त्यसपछि उनले मास्क हटाए र फुकेका थिए । जुन फातिहापछि इस्लामिक धर्ममा गर्ने प्रचलन रहेको छ। त्यसपछि अभिनेताले गायिकाको खुट्टा छोएका थिए। यसै समय शाहरुख खानले आफ्नो धर्म अनुसार फुकेकोलाई अन्य मानिसले थुकेको भनी गलत प्रचार गरेका थिए।

प्रकाशित : सोमबार, माघ २४, २०७८१६:५६

भारतका आधुनिक म्युजिसियन र गायक बप्पी लाहिरीको निधन !